Homeसमाचारदलित महिला लक्षित नेतृत्व विकास तथा उद्घोषण कला सम्बन्धी तालिम समापन

दलित महिला लक्षित नेतृत्व विकास तथा उद्घोषण कला सम्बन्धी तालिम समापन

बिर्तामोड ५ चैत्र । दलित समुदायका महिलालाई लक्षित गरि बिर्तामोड नगरपालिका वडा नं. १० मा सञ्चालित नेतृत्व विकास तथा उद्घोषण कला सम्बन्धी तीनदिने तालिम सोमबार (आज) सम्पन्न भएको छ ।


नारी सञ्चार गृहको आयोजना तथा बिर्तामोड नगरपालिका वडा नं. १० को सहयोगमा सञ्चालित तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा बिर्तामोड नगरपालिका वडा नं. १० का वडाध्यक्ष दुर्योधन गुरुङले १० नं. वडा छुवाछुत मुक्त रहेको बताउँदै जात/थरकै आधारमा कसैले पनि आफूलाई कमजोर नठान्न सुझाव दिए ।
केही गर्न सक्छु भन्ने इच्छाशक्ति आफूभित्रै जागृत हुनुपर्नेमा जोड दिंदै अध्यक्ष गुरुङले सबैले समान रुपमा अघि बढ्न प्रयास गर्नुपर्नेमा बताए ।
सहभागिका तर्फबाट बेबिका कार्की डोली, युनिसा दर्नाल, मुना विक,मनमाया नेपाली लगायतले तालिम उपलब्धीमूलक भएको प्रतिक्रिया दिंदै आगामी दिनमा पनि दलित महिलालाई अघि बढाउने प्रकृतिका कार्यक्रम ल्याउन माग गरे ।
नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षता तथा वडाध्यक्ष गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडासदस्यहरु पृथ्वीबहादुर बस्नेत, धनमाया श्रेष्ठ, दिपिका शिवा, १० नं. वडा महिला सञ्जालकी अध्यक्ष खिलेश्वरी पाण्डे लगायतले शुभकामना राखेका थिए । तीन दिनसम्म सञ्चालित तालिमको सहजीकरण नारी सञ्चार गृहकी निवर्तमान अध्यक्ष भिमा शिवाकोटीले गरेकी थिइन् । समापन कार्यक्रमकाे सञ्चालन सहभागी सुमित्रा गहतराज र स्वागत गंगा नेपालीले गरेकी थिइन ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारदलित महिला लक्षित नेतृत्व विकास तथा उद्घोषण कला सम्बन्धी तालिम समापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img