Homeसमाचारनेवाः पासा मुना पुच बिर्तामोडद्वारा जनआन्दोलनकर्मीसहित दुई पत्रकारलाई सम्मान

नेवाः पासा मुना पुच बिर्तामोडद्वारा जनआन्दोलनकर्मीसहित दुई पत्रकारलाई सम्मान

बिर्तामोड ४ चैत । नेवाः पासा मुना पुच बिर्तामोडले नेवा समुदायका दुई जना पत्रकारलाई सम्मान गरेको छ । नेवास् पासा मुना पुच बिर्तामोडको आज सम्पन्न ३० औ साधारणसभामा जनआन्दोलन डटकमकी सहकर्मी जोस्ना श्रेष्ठ र एपी वान टेलिभिजनका संवाददाता विष्णुकुल श्रेष्ठलाई सम्मान गरिएको हो । नेवा भाषा र संस्कृति संरक्षणमा सञ्चारको क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै आफ्नो समुदायका पत्रकारलाई प्रशंसा पत्रले सम्मानित गरिएको संस्थाका अध्यक्ष दिनेश श्रेष्ठले बताए ।
सम्मानित पत्रकारलाई कार्यक्रमका प्रमुख अतिथि भाषा विद गणेश बज्रचार्यले सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रममा बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको सदस्य पदमा निर्वाचित माया प्रधान र बिर्तामोड उधोग बाणिज्य संघको सदस्य पदमा निर्वाचित संस्थाका अध्यक्ष दिनेश श्रेष्ठलाई पनि प्रमुख अतिथि बज्रचार्यबाट प्रशंसा पत्र प्रदान गरिएको थियो साथै संस्थाको तर्फबाट बिर्तामोड उधोग बाणिज्य संघको नवनिर्वाचित टिमलाई बधाई तथा शुभकामना दिईएको थियो ।
कार्यक्रममा संस्थाको सांगठानिक, बार्षिक प्रतिवेदन अध्यक्ष श्रेष्ठले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष शर्मिला शाक्यले प्रस्तुत गरेकी थिइन् । संस्थाका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष राजिव श्रेष्ठले स्वागत र औचित्य माथि प्रकाश संयोजक तारामणि श्रेष्ठले पारेका थिए । कार्यक्रममा शुभकामना मन्तव्य सस्थापक सचिव, पुर्व अध्यक्ष तथा सलाहकार कृष्ण उदास, नेवाः देय दवु धरान उपमहानगरपालिका समितिका अध्यक्ष मनोहर रत्न शाक्य, नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समितिका अध्यक्ष राजकुमार राजवंशी, उधोग बाणिज्य संघ बिर्तामोडका अध्यक्ष राजु न्यौपाने लगायतले राखेका थिए । संस्थाको सचिव मिलन शाक्यले संचालन गरेको कार्यक्रममा नेवाः पासा मुना पुचका संस्थापक सदस्यहरू , सल्लाहकार लगायत पुचका सदस्यहरूको उल्लेखय उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनेवाः पासा मुना पुच बिर्तामोडद्वारा जनआन्दोलनकर्मीसहित दुई पत्रकारलाई सम्मान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img