Homeसमाचारभोजपुरमा बोलेरो गाडी दुर्घटना ८ जनाको मृत्यु ९ जना घाईते

भोजपुरमा बोलेरो गाडी दुर्घटना ८ जनाको मृत्यु ९ जना घाईते

उदयपुर १ गते । उदयपुरको बेलका नगरपालिका–७ मेनामैनीमा बोलेर दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन् । सुनसरीको धरानबाट भोजपुरको घोडेटारतर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको बोलेरो बिहीबार (आज) बिहान ११ बजेको समयमा मैनामैनीमा सडकबाट लगभग ४०० मिटर तल खसेर दुर्घटना हुँदा बोलेरोमा सवारमध्ये ७ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १ जनाको उपचारको क्रममा धरानको विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । मृतकमध्ये बोलेरो चालक हतुवागढी गाउँपालिका २ का मानबहादुर बस्नेत र सोही गाउँपालिका ५ का किसान राईको सनाखत भएको प्रहरीले जनाएको छ । बाँकी मृतकको शबको उद्दार तथा सनाखत कार्य जारी रहेको बताइएकोछ ।
उक्त दुर्घटनामा ६ जना पुरुष र ३ जना महिला गरी ९ जना घाईते भएका छन् । घाईतेहरुको उद्दार गरी उपचारको लागी धरान पठाइएको प्रहरीले जनाएको छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारभोजपुरमा बोलेरो गाडी दुर्घटना ८ जनाको मृत्यु ९ जना घाईते
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img