Homeसमाचारफागुनमा प्रहरीद्वारा ३७ लाख ५१ हजार भन्दा बढी मूल्यको अवैध सामान बरामद

फागुनमा प्रहरीद्वारा ३७ लाख ५१ हजार भन्दा बढी मूल्यको अवैध सामान बरामद

भद्रपुर १ चैत । जिल्ला प्रहरी कार्यालय झापा मातहतका कार्यालयहरुबाट फागुन महिनामा अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लगभग ३७ लाख ५१ हजार चारसय ४० रुपैयाँ बराबरको विभिन्न सामग्री बरामद गरेको जनाएको छ ।
प्रहरीले भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको कस्मेटिक आइटम, किराना सामाग्री, लत्ताकपडा, सवारी साधनका पार्टस तथा बिधुतीय पार्टसहरु, सुर्तिजन्य पदार्थ सहित ९ वटा सवारी साधन र २६ वटा पशुचौपाया समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । नियन्त्रणमा लिएका सामग्रीहरु आवश्यक कारवाहीका लागि भन्सार बुझाइएको बताइएको छ ।
सोही अवधीमा प्रहरीे अदालतबाट फैसला कार्यान्वयनका लागि फरार सूचीमा रहेका १०६ जनालाई नियन्त्रणमा लिएको छ । अदालतको नजरमा फरार सूचीमा रहेका व्यक्तिलाई नियन्त्रणमा लिएकाहरु मध्येबाट १३ बर्ष ६ महिना ११ दिन कैद तथा १४ लाख ६५ हजार ७२२।– जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारफागुनमा प्रहरीद्वारा ३७ लाख ५१ हजार भन्दा बढी मूल्यको अवैध सामान बरामद
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img