HomeFeatured 2डोमालाल रंगशाला दक्षिण एसियाकै उत्कृष्ठ खेलमैदान-‘फाइनालिष्ट' टिमको ठहर

डोमालाल रंगशाला दक्षिण एसियाकै उत्कृष्ठ खेलमैदान-‘फाइनालिष्ट’ टिमको ठहर

बिर्तामोड २७ फागुन । छैटौं झापा गोल्डकपको फाइनलमा पुगेका दुई प्रतिष्पर्धी टिमले डोमालाल रंगशालामा फुटबल खेल्न पाउनु आफैंमा खुशीको कुरा भएको बताएका छन् । भोली हुने फाइनल खेलको पूर्वसन्ध्यामा आज आयोजित प्रि–म्याच प्रेस मिटमा बोल्दै विभागीय टिम एपिएफका प्रशिक्षक सुमन श्रेष्ठले खेल मैदानको प्रशंसा गर्दै भोलीको खेल प्रतिष्पर्धात्मक हुने बताए । प्रतियोगितामा सकेसम्म खेल प्रदर्शन गर्ने प्रतिवद्धता जनाएको एपीएफले वीन वीनको लक्ष्य राखेको बताए । विभागीय टिममा पनि अन्य खेलाडी समावेश किन भन्ने पत्रकारको जिज्ञासामा श्रेष्ठले क्लब स्वायत्त भएका कारण खेल क्षेत्रमा संभावना बोकेकालाई समेटर टिममा समावेश गर्न पाउने नियमानुसार नै भएको स्पष्ट पारे ।
त्यस्तै अर्को प्रतिष्पर्धी ए डिभिजन लिग विजेता चर्च ब्वाइ फुटबल क्लबका कप्तान दीप कार्कीले अब्बल मानिएको एपीएफलाई आफूहरुले कमजोर नआँक्ने बताउँदै अपेक्षित खेल खेल्ने बताए । पहिलो पटक झापा गोल्डकपमा प्रतिष्पर्धा गरेको चर्च ब्वाइज युनाइटेडले डिफेन्डिङ नभई अपेक्षित खेल खेल्ने बताएको हो ।
डोमालाल रंगशालालाई दक्षिण एसियाकै एक उत्कृष्ट मैदानको रुपमा आफूहरुले पाएको उल्लेख गर्दै टिमका नेतृत्वकर्ताले मैदानको संरक्षण प्रदेश र स्थानीय तहको दायित्व भएको बताए । घाँसे मैदानमा खेल्न पाएकोमा खुशी व्यक्त गर्दै बार्षिक रुपमै अन्तराष्ट्रियस्तरको प्रतियोगिता हुनुपर्नेमा जोड दिए । प्रेसमिटको सहजीकरण आयोजक संस्थाका केशव दाहालले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2डोमालाल रंगशाला दक्षिण एसियाकै उत्कृष्ठ खेलमैदान-‘फाइनालिष्ट' टिमको ठहर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img