Homeसमाचारजन्मोत्सवमा मैनालीद्वारा नारी सञ्चार गृहलाई साउण्ड सिष्टम प्रदान

जन्मोत्सवमा मैनालीद्वारा नारी सञ्चार गृहलाई साउण्ड सिष्टम प्रदान

बिर्तामोड २७ फागुन । रचनात्मक काम गरेर जन्मोत्सव मनाउने आ–आफ्नै शैली हुन्छन् । जसले समाजलाई रचनात्मक काम गर्न सन्देश देओस् ।
त्यस्तै रचनात्मक काम गरेर जन्मोत्सव मनाएकी छन् विर्तामोड–४ निवासी पत्रकार सुनिरा मैनालीले । मैनालीले झापाका महिला पत्रकारहरुको साझा संस्था नारी सञ्चार गृहलाई साउण्ड सिष्टम हस्तान्तरण गरेर आफ्नो जन्मोत्सव मनाएकी छन् ।
जन्मोत्सवमा गरिने फजुल खर्च कटाएर आफू आवद्ध संस्थाको आवश्यकता महशुस गरी आफ्नै आर्जनबाट साउण्ड सिष्टम प्रदान गरेको मैनालीले बताइन् । मैनाली नारी सञ्चार गृहकी पूर्व कार्यसमिति सदस्य समेत हुन् । साउण्ड सिष्टम हस्तान्तरणमा नारी सञ्चार गृहकी अध्यक्ष रेजिना गौतम, निवर्तमान अध्यक्ष भिमा शिवाकोटीसहित कार्यसमितिका पदाधिकार तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
साउण्ड सिष्टम ग्रहण गर्दै संस्थाकी अध्यक्ष गौतमले मैनालीलाई शुभकामना व्यक्त गर्दै सदैव रचनात्मक काममा अघि बढ्न आग्रह गर्दै मैनालीले प्रदान गरेको यन्त्रले कार्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सहज हुने बताइन् ।
सजिलो खबर डटकममा आवद्ध मैनाली एकदशक भन्दा अघिदेखि झापाको पत्रकारितामा क्रियाशील छन् । उनले यसअघि नारी सञ्चार गृह झापाले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको अक्षयकोषमा आठहजार आठसय ८८ रुपैयाँ प्रदान गरेकी थिइन् ।
संस्थाले महिला पत्रकारको क्षमता अभिबृद्धिका साथै समग्र महिला, बालबालिका तथा सार्वजनिक सरोकारका विषयमा काम गर्ने उद्देश्य राखेर ५० लाखको अक्षयकोष स्थापना गरि कोष पूर्णताको अभियानमा रहेको अक्षयकोषका संयोजक जोस्ना श्रेष्ठले जानकारी दिइन् ।
कोषमा हालसम्ममा ३९ लाख रुपैयाँ संकलन भएको कोषाध्यक्ष स्वस्तिका आचार्यले बताइन् । सो अवसरमा कार्यसमिति सदस्यहरु दिपा पोखरेल, सञ्जु शिवाकोटी लगायतको उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारजन्मोत्सवमा मैनालीद्वारा नारी सञ्चार गृहलाई साउण्ड सिष्टम प्रदान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img