संखुवासभा २८ फागुन ।महिला हत्याको आरोपमा संखुवासभाको खाँदबारी नगरपालिका ११ का एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा खाँदबारी नगरपालिका ११ घर भई हाल सोही नगरपालिकाको वडा नं. ७ मा बस्दै आएका ३१ बर्षीय मंसीरे शेर्पा रहेका छन् ।
शेर्पालाई सिलिचोङ गाउँपालिका–२ घर भई हाल उनीसंगै लिभिङ टुगेदरमा बस्दै आएकी बिनाकुमारी राईको हत्या आरोपमा प्रहरी पक्राउ गरेको हो । लिभिङ टुगेदरमा बस्दै आएका राई र शेर्पाबीच गत फागुन १८ गते भएको घरायशी विवादका क्रममा शेर्पाले राईमाथि कुटपिटका क्रममा राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
हत्या आरोपित शेर्पाको खोजी गर्ने क्रममा फागुन २४ गते संखुवासभा नगरपालिका–७ कै एक घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । हत्या आरोपमा पक्राउ परेका शेर्पाको सम्बन्धमा अनुसन्धान भइ्रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
हत्या आरोपमा एक पक्राउ



















