Homeसमाचारकांग्रेस बलियो भएमात्रै आदिवासी/जनजातिको हक अधिकार सुरक्षित हुने

कांग्रेस बलियो भएमात्रै आदिवासी/जनजातिको हक अधिकार सुरक्षित हुने

विर्तामोड २७ फागुन । नेपाल लोकतान्त्रिक आदिबासी/जनजाति महासंघका केन्द्रीय सदस्य एवं पूर्व सांसद विश्वदिप लिङ्देनले नेपाली कांग्रेस बलियो भएमात्रै आदिबासी/जनजातिको हक अधिकार सुरक्षित हुने बताए ।
नेपाल लोकतान्त्रिक आदिबासी/जनजाति महासंघको नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा आयोजित विर्तामोड नगर सम्मेलनको उद्घाटन समारोहका प्रमुख अतिथि रहनुभएका लिङदेनले संविधानको रक्षाका लागि कांग्रेसलाई बलियो बनाउनुपर्ने धारणा राखे ।
संसारबाट कम्युनिष्टहरु पलायन भइरहेको र लोकतान्त्रिक पक्षधर शक्ति बलियो बनिरहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले लोकतन्त्रलाई बलियो बनाउन, विधिको शासन स्थापित गर्न कांग्रेसलाई बलियो बनाउनुको विकल्प नरहेको दोहोर्याए । पार्टी बलियो बनाउन क्षमतावान, योग्यतावान र क्रियाशिल कार्यकर्तालाई उचित स्थान दिन पनि उहाँले पार्टी नेतृत्वसँग आग्रह गरे ।
राजकुमार राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल लोकतान्त्रिक आदिबासी/जनजाति महासंघका केन्द्रीय सदस्य टेकबहादुर खजुम, नेपाली कांग्रेस महासमिति सदस्य राधा सुब्बा, जिल्ला सदस्यहरु पार्वता गिरी, धर्म लक्सम्बा, ओम विमली, प्रकाश शिवाकोटी, विर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, नेपाली कांग्रेस २ नं क्षेत्रीय सभापति खगेन्द्र मैनाली, क्षेत्र नं–२ प्रदेश क सभापति लक्ष्मी आचार्य लगायतले मन्तब्य राखे । भोजराज सिटौलाले सञ्चालन गरेको कार्यक्रममा स्वागत कुलप्रसाद संग्रौलाले गरेको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए ।
नगर सम्मेलनले आनन्द गुरुङको अध्यक्षतामा १५ सदस्यीय नगर समिति सर्वसम्मत गठन गरेको छ । गठित समितिको उपाध्यक्षमा जंगबहादुर श्रेष्ठ र पूर्णवती श्रेष्ठ लिम्बू, सचिवमा सन्तकुमार लिङ्देन र दिनेश श्रेष्ठ, सहसचिवमा गोविन्द राजवंशी र हेमा श्रेष्ठ, कोषाध्यक्षमा कमला गुरुङ चयन हुनुभएको छ । समितिका सदस्यहरुमा जानुका लिवाङ, सिर्जना श्रेष्ठ, सरस्वती गुरुङ, दिपक तामाङ, दिनेश चौधरी, फुलमाया शेर्पा र गिता गुरुङ चयन भएका छन । यसअघि वडा तहमा गठित वडा समितिका सभापति एवं क्षेत्रीय प्रतिनिधिहरुको भेलाले नगर समिति गठन गरेको हो । संघको विधानमा प्रत्येक वडाबाट २ महिलासहित ६ जना क्षेत्रीय प्रतिनिधि चयन हुन्छन् भने वडा सभापति स्वतः क्षेत्रीय प्रतिनिधि हुने ब्यवस्था छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकांग्रेस बलियो भएमात्रै आदिवासी/जनजातिको हक अधिकार सुरक्षित हुने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img