HomeFeatured 2नारी दिवसको अवसरमा लायन्स क्लब अफ बिर्तामोड लेडीद्वारा महिला बन्दीलाई कपडा

नारी दिवसको अवसरमा लायन्स क्लब अफ बिर्तामोड लेडीद्वारा महिला बन्दीलाई कपडा

भद्रपुर फागुन । ११४ औं अन्तरास्ट्रिय नारी दिवसको अवसर पारेर लायन्स क्लब अफ बिर्तामोड लेडीले जिल्ला कारागारका महिला कैदी बन्दीलाई लत्ता कपडा वितरण गरेको छ । कारागार परिषरमा आयोजित कार्यक्रममा लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरु उप्रेती ओलीका छोरा नियम ओलीको जन्मदिनको अवसरमा कपडा वितरण गरिएको हो ।
बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्य र तथा आयोजक क्लबकी अध्यक्ष निरु उप्रेती ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कारागारमा विभिन्न कारणले कैद भुक्तान गरिरहेका एकसय जना महिलालाई खाद्यान्नसहित कपडा वितरण गरिएको अध्यक्ष ओलीले जानकारी दिइन ।
सोे अवसरमा भद्रपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष अभिषेक ढुङ्गाना, एभरेष्ट स्मार्ट एजुकेसन एकाडेमी स्कुलका प्रधानाध्यापक अनुप शर्मा, भद्रपुर लायन्स अध्यक्ष शर्मिला अधिकारी, लगायतको उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2नारी दिवसको अवसरमा लायन्स क्लब अफ बिर्तामोड लेडीद्वारा महिला बन्दीलाई कपडा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img