Homeसमाचारनागेश्वर ज्योतिर्लिङ्ग कल्पेश्वरधाम कालीमन्दिरमा निर्मित सिंढीको उद्घाटन

नागेश्वर ज्योतिर्लिङ्ग कल्पेश्वरधाम कालीमन्दिरमा निर्मित सिंढीको उद्घाटन

भद्रपुर २६ फागुन । चन्द्रगढीको देउनिया खोला छेउ कलवलगुडीस्थित नागेश्वर ज्योतिर्लिङ्ग कल्पेश्वरधाम कालीमन्दिर परिसरमा निर्मित पक्की सिंढीको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
गौसंरक्षण समिति झापा तथा भेलागढी सामुदायिक बन उपभोक्ता समितिको संयुक्त आयोजनामा सम्पन्न सिढीको उद्घाटन भेलागुढी सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष तथा समाज सेवी पुन्यप्रसाद लम्सालले गरेका हुन् ।
स्थानीय समाजसेवी भरत सुवेदी लगायतको ३० हजार एकसय ५६ रुपैयाँको लागतमा निर्मित उक्त सिढी निर्माण पश्चात् तिर्थ यात्रीहरुलाई नदिको पानी ल्याएर मन्दिरमा चढाउन सहज हुने आयोजकको भनाई छ ।
गौसंरक्षण समिति झापा अध्यक्ष दुर्गाप्रसाद पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन समिति सचिव कृष्णप्रसाद पाठकले गरेका थिए । सो कार्यक्रममा मन्दिर व्यवस्थापन समिति समेत गठन गरिएको छ । रामजी दाहालको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा देवेन्द्र गौतम, नारायण अधिकारी, युवराज काफ्ले , महेश नौपाने, शिवकुमार उप्रेती, भीमा लम्साल पराजुली रहेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनागेश्वर ज्योतिर्लिङ्ग कल्पेश्वरधाम कालीमन्दिरमा निर्मित सिंढीको उद्घाटन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img