Homeसमाचारबाणिज्य संघ निर्वाचन: 'व्यवसायिक हकहित र सुरक्षाका लागि लोकतान्त्रिक व्यवसायिक प्यानल’

बाणिज्य संघ निर्वाचन: ‘व्यवसायिक हकहित र सुरक्षाका लागि लोकतान्त्रिक व्यवसायिक प्यानल’

बिर्तामोड ३ फागुन । बिर्तामोड उद्योग बाणिज्य संघको नेतृत्वका आकांक्षी राजु न्यौपानेले व्यवसायीक हकहित र अधिकारका लागि आफ्नो उम्मेद्वारी भएको बताएका छन् ।
बिर्तामोडमा आयोजित सञ्चारकर्मीहरुसंगको छलफलमा लोकतान्त्रिक व्यवसायिक प्यानलका तर्फबाट अध्यक्षका उम्मेद्वार न्यौपानेले लामो समयदेखि व्यवसायिक हितका लागि आवाज उठाउँदै आएको बताउँदै यो पटक नेतृत्व लिएर काम गर्ने आफ्नो इच्छा र व्यवसायीको मनशाय अनुसार नै आगामी फागुन १४ गते हुने निर्वाचनमा उम्मेद्वारी घोषणा गरेको उनले बताए ।
‘म जुनसुकै समय व्यवसायीको हकहितमा काम गर्नेछु ।’, न्यौपानेले भने, ‘विगत १४ वर्षदेखि व्यवसायीको हकहितमै कार्य गरिरहेको छु ।’ चुनावी दौरानमा रहेका न्यौपाने नेतृत्वको प्यानलको  इतरमा रहेको अर्को प्यानलले स्वतन्त्र व्यवसायीहरुको प्यानल भनि दाबी गरे पनि त्यहाँ आधा दर्जन पार्टीहरुबीच भागवण्डामा उम्मेदवार बनाएको पाइएकाले व्यवसायीहरु राजनीतिक दलीय भागवण्डाको विपक्षमा रहेको उनको भनाई छ ।
न्यौपानेले स्थानीय सरकार विर्तामोड नगरपालिका, प्रहरी प्रशासन, कर कार्यालय जस्ता व्यवसायीहरुसँग प्रत्यक्ष सरोकार राख्ने निकायमा आफ्नो उपस्थिती र व्यवसायीहरुको कानुनी पक्षमा संघर्ष गरेको आफनो विगतलाई मतदाता व्यवसायीहरुले न्याय गर्नेमा आफु ढुक्क रहेको उल्लेख गरे ।  प्रतिस्पर्धी उम्मेदवारलाई लक्षित गर्दै न्यौपानेले भने , व्यवसायीकै ढाड भाँच्ने गरी स्थानीय सरकारले बढाएको करमा सहमति जनाएर त्यसलाई ढाकछोप गर्न विज्ञप्तीबाजी गर्ने उम्मेदवारका बिषयमा व्यवसायीहरु जानकार रहेकाले त्यसको जवाफ मतदान मार्फत व्यवसायीहरुले दिनुहुनेछ भन्नेमा म विश्वस्त छु ।
व्यवसायीले पाएको दुःखमा रातदिन नभनी आवश्यक समन्वय र सहजीकरण गरेको उल्लेख गर्दै न्यापानेले व्यवसायिक हक हित, अधिकार सुरक्षाको प्रतिवद्धता जनाएका हुन् ।
लोकतान्त्रिक व्यवसायिक प्यानलको निर्वाचन परिचालन समितिका संयोजक बलराम कार्कीले निर्वाचनमा स्वच्छ प्रतिष्पर्धा हुनुपर्नेमा जोड दिंदै भाइचाराको सम्बन्ध राख्न सुझाए ।
इतर समूहले निर्वाचन प्रचार प्रशारका क्रममा व्यवसायिक आचारसंहिता समेत ख्याल नगरेको उल्लेख गर्दै स्वच्छ प्रतिष्पर्धामा गएर भाइचाराको सम्बन्ध राख्न सुझाएका हुन् ।
उद्योग वाणिज्य संघ पाँचथरका पूर्व अध्यक्ष तथा विर्तामोड वडा नं. ४ का निवर्तमान अध्यक्ष कुलप्रसाद संग्रौलाले उद्योग बाणिज्य संघ राजनीति गर्ने थलो नभएको बताउँदै व्यवसायिक हकहितमा काम गर्ने थलो भएको उल्लेख गर्दै व्यवसाहिक हितका लागि प्रतिवद्धलाई नै व्यवसायीको पनि साथ रहनेमा आफू विश्वस्त रहेको बताए ।
नेपाली कांग्रेस क्षेत्रीय सभापति खगेन्द्र मैनालीले व्यवसायीक हकहित र अधिकारका लागि आवाज उठाउन लोकतान्त्रिक प्यानल अनुभवी र सक्षम रहेको बताए ।
सो अवसरमा नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाँई र बिर्तामोड नगर सभापति भोजराज सिटौलाले पत्रकारिताको धर्मलाई बेवास्ता गरेर केही पत्रकारले व्यवसायीको मनोबल गिर्ने गरी कुप्रचार गरेको बताए ।
न्यौपाने नेतृत्वको टिममा वरिष्ठ उपाध्यक्षमा संजीव घिमिरे, वाणिज्य उपाध्यक्षमा जीवनकुमार खड्का , उद्योग उपाध्यक्षमा विशाल थापा , जनसम्पर्क उपाध्यक्षमा राधिका चुडाल हुमागाँई , महासचिव कुशल खतिवडा , वाणिज्य सचिव राजकुमार शाह, उद्योग सचिव पुकार बराल , कोषाध्यक्ष दीपक मित्तल र सहकोषाध्यक्षमा तिलोतमा खत्री उम्मेद्वारका रूपमा अघि सारेको छ।
त्यस्तै खुल्ला सदस्यहरुमा अनन्तलाल महतो , रमेश घिमिरे , अरुण जैन , दिनेश श्रेष्ठ ,श्यामकृष्ण पाठक , डिल्ली कोइराला र योगेश शर्मा भट्टराई, महिला सदस्यमा सुशिला बस्नेत कार्की र निशा शाह गुप्ता उम्मेद्वारका रुपमा रहेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबाणिज्य संघ निर्वाचन: 'व्यवसायिक हकहित र सुरक्षाका लागि लोकतान्त्रिक व्यवसायिक प्यानल’
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img