Homeसमाचारसुरुङ्गामा ३ दिने कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव तयारी

सुरुङ्गामा ३ दिने कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव तयारी

सुरुङ्गा फागुन । कला, संस्कृति र साहित्यको माध्यमबाट समाजमा सकारात्मक सोचको विकास गर्ने सोचका साथ पहिलो पटक झापाको सुरुङ्गामा तीनदिने कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव आयोजना हुनेभएको छ ।
पहिलो पटक गर्न लागिएको महोत्सवबारे रोटरी क्लब अफ सुरुङ्गाले महोत्सवबारे शुक्रबार पत्रकार भेटघाटकको आयोजना जानकारी दिएको छ । यही फागुन १४, १५ र १६ सञ्चालन हुने महोत्सवको माध्यमबाट सकारात्मक सोच प्रवाह गर्न सहयोगी हुने अपेक्षा गरिएको छ ।
फागुन १४ गते सम्दुघाटन गरिने महोत्सवमा साहित्य गोष्ठी, कविता लेखन प्रशिक्षण, हास्यब्यङ्गसहित सांस्कृतिक कार्यक्रम, पुस्तक मेला, कविता वाचन, जातिय भेषभूषा प्रदर्शनसहित शान्ति एकता र्र्याली, राष्ट्रियस्तरको साहित्य गोष्ठी लगायतका कार्यक्रमको आयोजना गरिएको महोत्सवका संयोजक अखिलकुमार कोइरालाले जानकारी दिए ।
रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष शिव कँडेलको अध्यक्षता तथा कन्काई कला प्रतिभा प्रतिष्ठानका संस्थापक कोमल पोखरेलको आतिथ्यमा आयोजित पत्रकार भेटघाटमा महोत्सव सम्पन्न गर्न २५ लाख ४५ हजार लागत अनुमान गरिएको छ । लागत सहभागिता जुटाउनका लागि छलफल भइरहेको पोखरेलले जानकारी दिए ।
महोत्सव सफल बनाउन रोटरी क्लब अफ सुरुङ्गाका सदस्य अखिलकुमार कोइरालाको संयोजकत्वमा संस्थाका अध्यक्ष शिव कँडेल, निवर्तमान अध्यक्ष खेमप्रसाद प्रसाई, प्रेसिडेन्ट इलेक्ट लुबराज उप्रेती, संंस्थापक अध्यक्ष लक्ष्मीप्रसाद उप्रेती, प्रेसिडेन्ट नोमिनी डिल्ली मैनाली, पूर्व अध्यक्षहरू कुमारमणि पोखरेल, सुशीलकुमार श्रेष्ठ, टीका जमरकटेल र रोट¥याक्ट क्लब अफ सुरुङ्गाका सचिव दिवाकर तिवारी रहेको मुल समिति गठन गरिएको छ ।


त्यसै गरी आर्थिक उपसमितिमा लुवराज उप्रेती, प्रचारप्रसारमा राम निरौला, अतिथि सत्कारमा सरला दाहाल, अतिथि व्यवस्थापनमा ख्याम ओली, स्थानीय साहित्यकार समन्वयमा डिल्ली मैनाली, जिल्लाका साहित्यकार समन्वयमा खेमप्रसाद प्रसाई, स्थानीय संंघसंस्था सम्पर्क र समन्वयमा कमलप्रसाद कट्टेल, विद्यालय कलेज सम्पर्कमा सुशील कुमार श्रेष्ठ, पुस्तक डोनेसनमा शिवकुमार गिरी, स्टेज–स्टल–साउन्ड व्यवस्थापनमा दिवाकर तिवारी, स्वयंसेवक परिचालनमा प्रतापबाबु जमरकट्टेल, तालिम प्रशिक्षण व्यवस्थापनमा टीकाप्रसाद जमरकट्टेल, प्रकाशनतर्फ कुमारमणि पोखरेल, चिया–खाजा–पानी व्यवस्थापनमा मेनुका उप्रेती र कार्यक्रम उद्घोषण व्यवस्थापनतर्फ रोटरी क्लब अफ सुरुङ्गाकी सचिव विनिता मैनाली संंयोजक रहेको उपसमितिहरु गठन गरिएको छ ।
महोत्सव पशुपति अङ्ग्रेजी माध्यमिक विद्यालयको मैदानमा हुने महोत्सवमा स्थानीय, जिल्ला तथा राष्ट्रियस्तरका स्रष्टा, सर्जक तथा कलाकारको सहभागिता रहने बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसुरुङ्गामा ३ दिने कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव तयारी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img