बिर्तामोड ३ फागुन । बिर्तामोड उद्योग बाणिज्य संघको आसन्न निर्वाचनका लागि स्वतन्त्र ब्यवसायिक प्यानलले उम्मेद्वारी घोषणा गरेको छ । आगामी फागुन १४ गते हुने प्यानलले संघको निर्वाचनका लागि मौजुदा बाणिज्य संघका महासचिव अर्जुनकुमार मैनालीको नेतृत्वमा आज बिर्तामोडमा स्वतन्त्र ब्यवसायिक प्यानलले उम्मेद्वारी घोषणा गरेको हो ।
प्यानलको अध्यक्षमा अर्जुनकुमार मैनाली, बरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे, उद्योग उपाध्यक्षमा ओमप्रकाश श्रेष्ठ, बाणिज्य उपाध्यक्षमा गंगा मैनाली, जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराई, महासचिवमा कृष्ण पौडेल, उद्योग सचिवमा बिशम लिम्बु, बाणिज्य सचिवमा कृष्ण चापागाई, कोषाध्यक्षमा युवराज निरौला, सह–कोषाध्यक्षमा निशा कर्णको उम्मेद्वारी दिने भएका छन् ।
त्यसैगरी खुल्ला सदस्यमा सत्रुधन रौनियार, कृष्ण बजगाई, केदार खनाल, सोहनलाल राजवंशी, राकेश सोहनी, रिता चौधरी, अमिर खान, महिला सदस्यमा चन्द्रा भट्टराई र शुष्मा उप्रेती रहेका छन् ।
स्वतन्त्र ब्यवसायिक प्यानलले २१ बुँदे प्रतिवद्धतासहित उम्मेद्वारी घोषणा गरेको छ । नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीसहित पाँच वटा पार्टीका ब्यवसायीहरुको स्वतन्त्र व्यवसायिक प्यानल घोषणा गरिएको हो ।
निर्वाचन परिचालन समितिका संयोजक एकराज कार्कीको अध्यक्षता तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष उमेश डालमियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि डालमियाले उम्मेद्वारको नामावली घोषणा गरेका थिए ।
राप्रपा बिर्तामोड नगर अध्यक्ष रञ्जु प्याकुरेलले स्वागत गरेको कार्यक्रममा बाणिज्य संघका पूर्व अध्यक्ष कुमार भट्टराई, माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य भवानीप्रसाद दंगाल, राप्रपा केन्द्रिय सदस्य राजकुमार पोखरेल, रास्वपाका बिर्तामोड नगर अध्यक्ष अर्जुन मैनालीलगायत शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन निर्वाचन परिचालन समितिका सदस्य सचिव सुवास भट्टराईले गरेका थिए ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य दीपक कार्की, पूर्व राष्ट्रिय सभा सदस्य हरिचरण शिवाकोटी, माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य कुवेर श्रेष्ठ (अरुण), एमाले प्रदेश कमिटी सदस्य गणेश पोखरेल, निर्वाचनका लागि वार्ता कार्यदलका देवराज कार्की, जेवी जबेगु, फडिन्द्रराज न्यौपाने, वेदप्रकाश अग्रवाल, गौरीमान राई, अभिषेक राई, माओवादी बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बालगायतको आतिथ्यता रहेको थियो ।
बाण्ज्यि संघको निर्वाचन: मैनालीको नेतृत्वमा स्वतन्त्र ब्यवसायिक प्यानलको उम्मेद्वारी घोषणा

































































































