HomeFeatured 2बालकल्याणका बालबालिकालाई लेडी जेसीजद्वारा शैक्षिक सामग्री प्रदान

बालकल्याणका बालबालिकालाई लेडी जेसीजद्वारा शैक्षिक सामग्री प्रदान

बिर्तामोड फागुन । बिर्तामोड-वीरता लेडी जेसीजले बुधबार बालकल्याण आधारभूत विद्यालय अर्जुनधारा-६ का बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ ।
बसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसर पारेर विद्यालय प्रवेश गरेका नानीबाबुका लागि लेडी जेसीजले शैक्षिक सामग्री वितरण गरेको हो ‌।
नयाँ भर्ना हुन आएका विद्यार्थीका लागि प्रोत्साहन स्वरूप शैक्षिक सामग्री वितरण गरिएको वीरता लेडी जेसीज सन् २०२४ की अध्यक्ष मेनुका ओलीले बताउनुभयो । लेडी जेसीजको टोली विद्यालय पुगेर प्रधानाध्यापक डम्बरप्रसाद यादवलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हाे । 
नयाँ भर्ना हुन आएका विद्यार्थीले लेडी जेसीजका तर्फबाट ब्याग, कपी, पेन्सिल लगायतका सामग्री प्राप्त गरेका छन् ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, पशुपति युवा समूहका अध्यक्ष घनेन्द्र डाँगी, वीरता लेडी जेसीजका निवर्तमान अध्यक्ष संगीता गिरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवाकरलाल चौधरी लगायतले आ-आफ्नो धारणा राखेका थिए। लेडी जेसीजकी उपाध्यक्ष चन्द्रकला रिजालको संयोजकत्वमा भएको कार्यक्रमकाे सञ्चालन महासचिव मुना ढुंगेलले गरिन ।  कार्यक्रममा उपाध्यक्ष अस्मिता राईले आस्था वाचन गरेकी थिइन ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बालकल्याणका बालबालिकालाई लेडी जेसीजद्वारा शैक्षिक सामग्री प्रदान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img