HomeFeatured 2लेडी जेसीजको पूर्व अध्यक्ष क्लबको अध्यक्षमा कञ्चना

लेडी जेसीजको पूर्व अध्यक्ष क्लबको अध्यक्षमा कञ्चना

बिर्तामोड २ फागुन । बीरता लेडी जेसीजको पूर्व अध्यक्ष क्लबको अध्यक्षमा कञ्चना ढकाल सिटौला चयन भएकी छन् । पूर्व अध्यक्ष क्लबको बिर्तामोडमा सम्पन्न बार्षिक साधारणसभामाले सन् २०२४ का लागि पूर्व अध्यक्ष क्लबको अध्यक्षमा सिटौलालाई चयन गरेको हो ।
बीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल तथा सन् २०२३ मा पूर्व अध्यक्ष क्लबकी अध्यक्ष राधा सुब्बाको अध्यक्षतामा सम्पन्न साधारणसभाले सिटौलालाई बीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लबको अध्यक्षमा चयन गरेको हो । पूर्व अध्यक्ष क्लबको सचिवमा निवर्तमान अध्यक्ष संगीता गिरी रहेकी छन् ।
सो अवसरमा संस्थाकी २०२४ की अध्यक्ष मेनुका ओली (मिनु) सहित पूर्व अध्यक्षहरु, मानार्थ सदस्यहरुको उपस्थिति रहेको थियो । पूर्व अध्यक्ष क्लबले अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर समाजमा प्रेरणादायी काम गर्ने एकजना महिलालाई उत्कृष्ठ नारी सम्मान गर्दै आएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2लेडी जेसीजको पूर्व अध्यक्ष क्लबको अध्यक्षमा कञ्चना
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img