Homeखेलअर्जुनधारामा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

अर्जुनधारामा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

झापा २ फागुन । १४ औं राष्ट्रपति रनिङ शिल्ड अन्तरगत झापा जिल्लास्तरीय प्रतियोगिता अर्जुनधारा नगरपालिकामा हुने भएको छ । प्रतियोगिताको फागुन ५ गते अर्जुनधारास्थित शनिश्चरे माविको खेलमैदानमा समुद्घाटन हुने भएको छ । शनिश्चरे माविसहित फागुन ७ गतेसम्म अर्जुनधाराका विभिन्न विद्यालयका खेल मैदानमा प्रतियोगिता गर्ने सञ्चालन गर्ने तयारी भइ्रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ले जानकारी दिए ।
जिल्लाका सबै स्थानीय तहमा यसअघि छनोट प्रतियोगिता सम्पन्न भइसकेको र ती प्रतियोगिताबाट छनोट भएका खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
जिल्लाको खेलकुद गतिविधिलाई जिल्लाका सबै क्षेत्रमा पुर्याउने र स्थानीय तहहरुलाई पनि खेलकुदप्रति अपनत्व र जिम्मेवार बनाउने उद्देश्यले पनि यस वर्षको प्रतियोगिता अर्जुनधारा नगरपालिकामा गर्न लागिएको अध्यक्ष भण्डारीको भनाइ छ । खेलकुद गतिविधिमा सधैं अग्रपंक्तिमा रहँदै आएको अर्जुनधारा नगरपालिका १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको च्याम्पियन पालिका पनि हो ।
एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ विधाका विभिन्न इभेन्टका खेलहरु सञ्चालन गरिने प्रतियोगितामा जिल्लाभरिका १८ वर्षमुनिका पुरुष तथा महिला गरी ४१८ खेलाडीले प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव विष्णुकुमार नेम्बाङले जानकारी दिए ।
प्रतियोगितालाई व्यवस्थित र मर्यादित ढंगले सञ्चालन गर्दै सफल तुल्याउनका लागि हालै सम्पन्न समितिको बैठकलले समितिका पदाधिकारी तथा समितिमातहतका प्राविधिक–प्रशिक्षकहरुलाई जिम्मेवारी बाँडफाँड गरेको समितिका सदस्य एवम् प्रवक्ता जगन दुर्वासा कार्कीले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’को अध्यक्षतामा सरोकारवाला सबै क्षेत्रको प्रतिनिधित्व रहने गरी मूल आयोजक समिति गठन गरिएको छ । त्यस्तै, कार्यालय सचिव नेम्बाङको संयोजकत्वमा उपाध्यक्ष गंगा भुर्तेल र सदस्य जगन कार्की सदस्य रहेको आर्थिक उपसमिति, सदस्य जगन कार्कीको संयोजकत्वमा डम्बर सुब्बा र अर्जुनधारा नगर स्वास्थ्य शाखा प्रमुख सदस्य रहेको प्राथमिक उपचार समिति, सदस्य चेतामणि खनालको संयोजकत्वमा डम्बर यादव, मिलनराज प्रसाईं, बाबुलाल सुब्बा, लोकप्रसाद ओली, लेखनाथ पराजुली र रतिया राजवंशी सदस्य रहेको विवाद समाधान उपसमिति, चेतामणि खनालकै संयोजकत्वमा अभिलेख व्यवस्थापन उपसमिति गठन भएको छ भने खेलहरुलाई व्यवस्थित गर्ने गरी एथलेटिक्सतर्फ महेश सरकारको संयोजकत्वमा गोपाल यादव र ईश्वरी दाहाल सदस्य रहेको उपसमिति, भलिबलतर्फ पूर्णिमा सिटौलाको संयोजकत्वमा हेमा थापा र रोशन दाहाल सदस्य रहेको उपसमिति, कबड्डीतर्फ शम्शेर मोक्तानको संयोजकत्वमा उपसमिति, करातेतर्फ जगन कार्की ९दुर्वासा०–को संयोजकत्वमा सञ्जय साह र मिना पाठक सदस्य रहेको उपसमिति, तेक्वान्दोतर्फ गंगा भुर्तेलको संयोजकत्वमा हरि भुजेल र जितेन मेचे सदस्य रहेको उपसमिति, उसुतर्फ सुरेन्द्र गिरीको संयोजकत्वमा घनश्याम गुरुङ र रविन श्रेष्ठ सदस्य रहेको उपसमिति गठन गरिएको छ ।
प्रतियोगिताका लागि प्राविधिक प्रमुख वरिष्ठ प्रशिक्षक कालु मेचेको नेतृत्वमा एक सय बढी प्रशिक्षक तथा अफिसियल प्राविधिक परिचालन हुने जिल्ला खेलकुद विकास समितिका सदस्य चेतामणि खनालले जानकारी दिए ।
जिल्लामा छनोट हुने खेलाडीले कोशी प्रदेशस्तरीय छनोट प्रतियोगितामा झापाको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने अध्यक्ष भण्डारीले जानकारी दिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
खेलअर्जुनधारामा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img