बिर्तामोड १ फागुन । अबको दुई सातापछि हुन लागेको बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि चुनावी सरगर्मी बढेकाे छ ।
संघकाे आगामी ३ वर्षे कार्यकालका लागि नेतृत्व लिनका लागि
निर्वाचनमा दुईवटा प्यानलबीच प्रतिष्पर्धा गर्ने निश्चित भएकाे छ । नेपाली कांग्रेस नेतृत्वमा र एकीकृत समाजवादीको प्यानल घाेषणा गरेसंगै संघकाे निर्वाचनमा दुईपक्ष बीच प्रतिष्पर्धा हुने निश्चित भएकाे हाे । लाेकतान्त्रिक व्यवसायी समूहका उम्मेदवार घोषणा गरेकाे छ । बिर्तामोडको अतिथि सदनमा आयाेजित कार्यक्रममा संघका वर्तमान वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेलाई संघकाे भावी अध्यक्षसहितकाे टिम घाेषणा गरेकाे छ ।
न्यापाने नेतृत्वको टिममा वरिष्ठ उपाध्यक्षमा संजीव घिमिरे , वाणिज्य उपाध्यक्षमा जीवनकुमार खड्का , उद्योग उपाध्यक्षमा विशाल थापा , जनसम्पर्क उपाध्यक्षमा राधिका चुडाल हुमागाँई , महासचिव कुशल खतिवडा , वाणिज्य सचिव राजकुमार शाह, उद्योग सचिव पुकार बराल , कोषाध्यक्ष दीपक मित्तल र सहकोषाध्यक्षमा तिलोतमा खत्री उम्मेद्वारका रूपमा अघि सारेकाे छ।
त्यस्तै खुल्ला सदस्यहरुमा अनन्तलाल महतो , रमेश घिमिरे , अरुण जैन , दिनेश श्रेष्ठ ,श्यामकृष्ण पाठक , डिल्ली कोइराला र योगेश शर्मा भट्टराईले उम्मेदवारी दिने भएका छन् । त्यस्तै महिला सदस्यमा सुशिला बस्नेत कार्की र निशा शाह गुप्तालाई उम्मेद्वार बनाएका छन् ।
निर्वाचन मूल परिचालन समितिका संयोजक तथा नेपाली कांग्रेसका नगर सभापति भोजराज सिटौलाको अध्यक्षता ,निर्वाचन अनुगमन समितिका संयोजक तथा नेपाली कांग्रेसका जिल्ला सभापति देउकुमार थेबेको प्रमुख आतिथ्यमा भएको उम्मेदवारी घोषणा कार्यक्रममा प्रचार प्रसार समितिका संयोजक तथा वाणिज्य संघका पूर्व अध्यक्ष बलराम कार्कीले उम्मेदवारको नाम घोषणा गरेका थिए ।
वाणिज्य संघको निर्वाचनका लागि न्याैपानेकाे नेतृत्वमा लाेकतान्त्रिक समूहकाे उम्मेदवारी घाेषणा

































































































