Homeसमाचारबिर्तामोडमा श्याम मन्दिर प्राण प्रतिष्ठाको तयारी, भजन किर्तन र धार्मिक अनुष्ठान

बिर्तामोडमा श्याम मन्दिर प्राण प्रतिष्ठाको तयारी, भजन किर्तन र धार्मिक अनुष्ठान

बिर्तामोड १ फागुन । झापाको बिर्तामोडमा निर्माण सम्पन्न श्याम मन्दिरको प्रतिष्ठाको पूर्व सन्ध्यामा भब्य धार्मिक अनुष्ठान सञ्चालन भइरहेको छ । बिर्तामोडस्थित अग्रसेन भवनको समिपमा रहेको बालाजी मन्दिरसंगै निर्माण गरिएको श्याम मन्दिरको फागुन २ गते प्राण प्रतिष्ठा गरिने भएको छ । सोही अनुसार प्राण प्रतिष्ठाका पूर्व सन्ध्यामा ५ दिने धार्मिक अनुष्ठान तथा रात्रीकालीन भजन किर्तन सञ्चालन गरिएको अग्रसेन भवनका पूर्व अध्यक्ष तथा सामाजिक व्यक्तित्व सुरेस अग्रवाल भद्रपुरेले जानकारी दिए ।


प्राण प्रतिष्ठानका लागि भगवान श्याम बाबाका परम भक्त बिजय जी महाराज पञ्जावबाट सोमबार बिर्तामोड आइपुगेको मन्दिर निर्माण समितिका संयोजक सुरेश बंशलले बताए । सन् २०१९ मा निर्माण प्रारम्भ गरिएको श्याम मन्दिर निर्माणका लागि लगभग ४ करोड बढी लगानी भएको बताइएको छ ।

चाँदीको ढोका भएको श्याम मन्दिरको भित्री भाग (ब्याकग्राउण्ड) मा पनि चाँदी नै लेपन गरिएको बेदप्रकाश अग्रवालले बताए । अग्रवालको अनुसार चाँदीको द्वार र ब्याकग्राउण्डलाई मात्रै २८ लाख लगानी गरिएको छ ।
बिर्तामोडमा फागुन २ गते अर्थात बुधबार प्राण प्रतिष्ठा गर्न लागिएको श्यामबाबाको मन्दिर कोशी प्रदेशमा अहिलेसम्मकै ठूलो भएको बताइएको छ । कोशीमा निर्माण गरिएका दुईवटा श्यामबाबाका मन्दिरमध्ये बिर्तामोडका २ गते र विराटनगरको मन्दिरको १० गते प्राण्प्रतिष्ठा गर्ने तयारी छ ।
खासगरी मारवाडी समुदायको अगुवाई र लगानीमा निर्माण गरिएको श्याममन्दिर परिषरमा तीनतले पुजारी आवास, भण्डारा र अतिथि गृह समेत निर्माण गरिएको छ ।

मन्दिरमा मूल मूर्तिको सिंगारको भारतको जयपुरबाट झिकाइएको थियो भने मन्दिर निर्माणका लागि उडिसाबाट मिस्त्री ल्याएर निर्माण गरिएको निर्माण समिति संयोजक बंशलले जानकारी दिए । श्याम मन्दिर निर्माणसंगै बिर्तामोडको ठूलो धार्मिकस्थल भएको स्थानीयको भनाई छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिर्तामोडमा श्याम मन्दिर प्राण प्रतिष्ठाको तयारी, भजन किर्तन र धार्मिक अनुष्ठान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img