Homeसमाचारसरकारी आम्दानी र खर्चमा ९५ अर्ब बढी अन्तर

सरकारी आम्दानी र खर्चमा ९५ अर्ब बढी अन्तर

झापा १ फागुन । नेपाली एउटा उखान छ, ‘घाँटी हेरेर हाड निल्नु’ । सरकारको आम्दानी र खर्चबीचको खाडलले यो उखानलाई उखानमै सिमित पारिदिएको छ । आर्थिक बर्ष २०८०–०८१ को सात महिनाको सरकारी आम्दानी र खर्चबीचको अन्तर ९५ अर्ब बढी छ ।
सरकारले सात महिनामा ५ खर्ब ९१ अर्ब रुपैयाँ आम्दानी गरेको र सोही अवधिमा ६ खर्ब ८६ अर्ब रुपैयाँ खर्च गरेको तथ्याङ्क महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको हो । तथ्याङ्क अनुसार सरकारको आम्दानी खर्चबीचको अन्तर लगभग १ खर्ब बराबरको छ । सरकारले चालु आबको सात महिनामा ५ खर्ब, ९ अर्व ४ करोड रुपैया साधारण खर्च गरेको छ । चालु आ.बका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबर बजेट विनियोजन गरिएको थियो । जसमध्ये साधारण खर्चको लक्ष्य ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ भएकोमा सात महिनाको अवधिमा ५ खर्ब बढी रकम खर्च भएको महालेखाको तथ्याङ्क छ । यो कुल बजेटको ४४.५८ प्रतिशत हो ।
बजेटको अर्धवार्षिक समीक्षामार्फत अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट कार्यान्वयनको लक्ष्य पूरा नहुने स्वीकार गर्दै बजेटको आकार १५ खर्बमा झारेका छन् ।
यतिधेरै रकम साधारण खर्चमा खर्चिदा माघ मसान्तसम्मको पूँजीगततर्फ भने ६३ अर्ब ५७ करोड मात्रै छ । यो लक्ष्यको २१.०५ प्रतिशत मात्र हो । यस वर्ष सरकारले ३ खर्ब २ अर्ब रुपैयाँ पूँजीगत खर्चको लक्ष्य राखेको छ । प्रस्तुत तथ्याङ्कले अबको पाँच महिनामा लगभग ७९ प्रतिशत पूँजीगत खर्च कार्यान्वयन होला त ? भन्ने प्रश्न उब्जिएको छ ।
विकास आयोजनामा नीतिगत तथा कानुनी अडचन कारण पूँजीगत खर्चले गति लिन नसकेको र अब त्यसमा सुधार गरिएका कारण गति लिने अर्थमन्त्री डा. महतको तर्क छ ।
यो लक्ष्य एक वर्षमा पूरा नहुने देखिएपछि अर्थ मन्त्रालयले पूँजीगत खर्चको लक्ष्यसमेत २ खर्ब ५४ अर्बमा झारेको छ । वित्तीय व्यवस्थातर्फ माघ मसान्तसम्म १ खर्ब १४ अर्ब १३ करोड रुपैयाँ खर्च गरिसकेको छ । यो कुल विनियोजनको ३७.१२ प्रतिशत हो ।
यस वर्ष सरकारले ३ खर्ब ७ अर्ब रुपैयाँ वित्तीय व्यवस्थामा खर्च गर्ने लक्ष्य राखेको छ । सात महिनामा सरकारको कुल खर्च ६ खर्ब ८६ अर्ब ७५ करोड रुपैयाँ भएको छ । यो लक्ष्यको ३९.२१ प्रतिशत हो ।
सरकारले आवको सात महिनामा राजश्व संकलनमा ३९.८९ प्रतिशत मात्रै लक्ष्य प्राप्त गरेको तथ्याङ्क छ । यसबर्ष सरकारले १४ खर्ब २२ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । चालु आवको सात महिनामा ५ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँमात्र संकलन भएको महालेखाको तथ्याङ्कमा उल्लेख छ । यस अवधिमा कर राजस्व ५ खर्ब १० करोड र गैरकर राजस्व ५६ अर्ब ९० करोड रुपैयाँ उठेको छ । अनुदान २ अर्ब ७५ करोड रुपैयाँमात्र आएको छ । अन्य आम्दानी २१ अर्ब ३९ करोड रुपैयाँ भएको देखिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसरकारी आम्दानी र खर्चमा ९५ अर्ब बढी अन्तर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img