HomeFeatured 2बाणिज्य संघको निर्वाचन: स्वतन्त्र व्यवसायी प्यानलको सम्पर्क कार्यालय स्थापना

बाणिज्य संघको निर्वाचन: स्वतन्त्र व्यवसायी प्यानलको सम्पर्क कार्यालय स्थापना

बिर्तामोड २९ माघ। आसन्न बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनका लागि स्वतन्त्र व्यवसायी प्यानलले निर्वाचन परिचालन सम्पर्क कार्यालय स्थापना गरेको छ । बिर्तामोडमा सोमबार (आज) सम्पर्क कार्यालयको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य उमेश डालमियाले उद्घाटन गरेका हुन् ।
नेकपा एमाले, नेकपा माओवादी, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका पार्टी समर्थक ब्यवसायीहरुको संयुक्त सम्पर्क कार्यालय स्थापना गरिएको हो । उक्त प्यानलबाट अध्यक्षमा अर्जुन मैनाली, बरिष्ठ उपाध्यक्षमा राजु घिमिरे, महासचिवमा कृष्ण पौडेल, बाणिज्य उपाध्यक्षमा ओमप्रकाश श्रेष्ठ, जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराईले उम्मेद्वारी सार्वजनिक गरिसकेका छन भने अन्य पदहरुका उम्मेद्वार मिलाएर लैजाने बताइएको छ ।
निर्वाचन परिचालन समितिका संयोजक एकराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत अध्यक्ष पदका उम्मेद्वार अर्जुन मैनालीले गरेका थिए । कार्यक्रममा नेकपा एमाले झापाका कार्यवाहक अध्यक्ष प्रेम गिरी, कार्यालय सचिव शिव ढुंगेल, निर्वाचन परिचालन समितिका सह–संयोजक कुँवेर श्रेष्ठ (अरुण) लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन निर्वाचन परिचालन समितिका सदस्य सचिव सुवास भट्टराईले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बाणिज्य संघको निर्वाचन: स्वतन्त्र व्यवसायी प्यानलको सम्पर्क कार्यालय स्थापना
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img