Homeसमाचारबिजुलीको पोल राखेको जमिनको दमक नगरपालिकाले भाडा लिने

बिजुलीको पोल राखेको जमिनको दमक नगरपालिकाले भाडा लिने

दमक । नेपाल विद्युत प्राधिकरणले विद्युत् महसुलको बक्यौता बुझाउन ताकेता गरेसंगै दमक नगरपालिकाले नेपाल विद्युत प्राधिकरणसँग विद्युत् पोल र ‘ट्रान्सफर्मर’ राखेबापतको भाडा लिने भएको छ ।
प्राधिकरणले नगरपालिकालाई बक्यौता असुलीका लागि ताकेता गरेसंगै नगरपालिकको १३ औं नगरसभाले प्राधिकरणले पोल तथा ट्रान्सफर्मर राखे वापत जग्गाको भाडा लिने निर्णय गरेको हो ।
नगरपालिकाको गत माघ ९ मा बसेको कार्यपालिका बैठकमा नगरपालिकाको नाममा यसअघि जडान भएका कूल एकसय ७० विद्युत मिटरमा उठेको महसुल वापतको बक्यौता रु छकरोड ९३ लाख ६१ हजार तिर्न विद्युत प्राधिकरण दमक वितरण केन्द्रले गरेको पत्राचारबारे छलफलसमेत भएको जनाइएको छ ।
नगरपालिकाले नगरभित्र गाडिएका विद्युत पोल र विद्युत ट्रान्सफर्मर वापत प्राधिकरणसँग जग्गाको भाडाबापत हालसम्मकै भाडा असुल्ने निर्णय नगरसभाले स्वीकृत गरेको दररेटमा भाडाबापतको रकम असुल गर्ने निर्णय गरेको नगरपालिकाको बैठक व्यवस्थापन शाखाले जनाएको छ ।
नगर प्रमुख रामकुमार थापाले छलफलपछि कार्यपालिका बैठकले यसअघि नगरपालिकाले विभिन्न टोलमा जडान गर्न लगाएका सडक बत्तीबापतको विद्युत महसुलका कारण नगरपालिकाका नाममा विद्युत् महसुलको बक्यौता देखिएको ठहर गरेको बताए ।
बैठकले अब कुनै पनि टोलमा नगरपालिकाका नाममा विद्युत् मिटर राख्न अनुमति वा सिफारिस नदिने, सडक बत्ती जडान तथा मर्मत एकपटकका लागि मात्रै नगरपालिकाले गर्ने त्यसपछि भने सम्बन्धित टोल विकास संस्थाले आफैंले ब्यहोर्नुुपर्ने गरी मात्रै सिफारिस दिने निर्णय गरेको मेयर थापाले बताए ।
त्यसैगरी नगरपालिकाले वडा नं ६ स्थित नगरपालिकाको स्वामित्वमा रहेका पसल क्लबको सम्झौतामा उल्लेख भएअनुसार व्यवसायीले नियमितरुपमा तिर्नुपर्ने भाडाको बक्यौता हालसम्म रु ४४ लाख रहेकाले सोको असुलीका लागि टोली खटाउने पनि निर्णय गरेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिजुलीको पोल राखेको जमिनको दमक नगरपालिकाले भाडा लिने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img