सुनसरी २९ माघ । सुनसरीको ईनरुवा नगरपालिका-४ बाट ठुलो परिमाणमा नेपाली नक्कली नोटसहित १ जना भारतिय नागरीकलाई प्रहरीले पक्राउ गरि माघ २९ गते पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेको छ ।
चेकजाँचको क्रममा आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतको बिहार राज्य बिरपपुर(५ का २२ बर्षीय छोटु भनिने मोहमद सैयाद साफीलाई माघ २८ गते दिउँसो पक्राउ गरेको हो ।
बिआर ११ एक्स ३४२९ नम्बरको स्कार्पियो गाडीमा सवार रहेका साफीलाई रोकेर चेकजाँच गर्ने क्रममा गाडी भित्र बिभिन्न भागमा लुकाई छिपाई राखेको अवस्थामा नेपाली नक्कली नोट १८ हजार दुई सय एकाउन्न थान (एक करोड बयासी लाख एकाउन्न हजार १,८२,५१,०००) बरामद भएको थियो । ठुलो परिमाणमा नेपाली नक्कली नोट बरामद भएसंगै गाडी सहित चालकलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
नक्कली नेपाली नोट सहित भारतिय नागरीक पक्राउ

































































































