Homeसमाचार‘चिकित्सा शिक्षा संवन्धनका लागि कोही सुत्छ भनेर डराउनु हुँदैन’ स्वास्थ्य मन्त्री बस्नेत

‘चिकित्सा शिक्षा संवन्धनका लागि कोही सुत्छ भनेर डराउनु हुँदैन’ स्वास्थ्य मन्त्री बस्नेत

बिर्तामोड २६ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा अध्यापन रोकेर स्वदेशी रकम बाहिरिन दिन नहुने बताएका छन् ।
झापाको बिर्तामोडस्थित मेची आँखा अस्पतालको २७ औं बाािर्षक सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका बस्नेतले चिकित्सा शिक्षा अध्यापनका लागि संबन्धन दिन सरकारले डराउनु नहुने बताए । उनले भने, ‘काम गर्नका लागि हुति चाहिन्छ, मसंग हुति छ, बुद्धि र साथ तपाईहरुले दिनुपर्छ ।’ स्वास्थ्य र शिक्षा सबैभन्दा महत्वपूर्ण रहेको आफूले बुझेको बताउँदै मन्त्री बस्नेतले थपे, ‘जुन जुन अस्पतालमा मेडिकल कलेज त्यही त्यही ठाउँमा जनशक्ति उत्पादन गर्नुपर्छ, त्यही भएर नै स्वास्थ्य मन्त्रालयले १०० देखि ३०० बेडसम्म भएका अस्पतालमा डाक्टर पढ्ने व्यवस्था भनेको छ, सबै प्रदेशमा मेडिकल शिक्षा शुरु हुन्छ, प्रदेशमा मात्रै होइन, पुराना अञ्चल प्रायः अस्पतालमा पनि मेडिकल पढाई हुन्छ ।’ स्वास्थ्यमा दक्ष जनशक्ति उत्पादन गर्न स्वास्थ्य मन्त्रालयले नीति अघि बढाएको बताएका बस्नेतले साथ दिन आह्वान समेत गरे ।
कोही मान्छे सुत्छ भन्ने डरले खुट्टा कमाएर बस्न नहुनेमा जोड दिंदै स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने प्रक्रियाका लागि आफू प्रतिवद्ध रहेको बताउँदै प्रक्रिया अघि बढाएको जानकारी दिए ।
दुर्गममा डाक्टर पठाउनै कठिन रहेको बताउँदै स्वास्थ्य मन्त्री बस्नेतले घर पायक हुँदा सबैलाई सहज हुने उल्लेख गर्दै सेवा गर्ने वातावरण र अध्यापन गर्ने सुविधा गाउँमै पुर्याउन सक्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै उनले उपचारका लागि विदेशी नेपाल आउँदा विदेशी रकम पनि भित्रिने गरेको उल्लेख गर्दै अब स्वास्थ्य क्षेत्रको पढाईका नाममा पनि रकम बाहिरिन दिनु नहुनेमा जोड दिए । े
पछिल्लो समय भिभिआएपी र भिआएपीहरुको उपचार स्वदेशमै हुन थालेको उल्लेख गर्दै नीति बनाएर कार्यान्वयन गर्दा स्वदेशीकै डाक्टरमाथि नेताहरुको विश्वास बढ्दै गएको पाइएको उनको भनाई थियो ।
दक्ष जनशक्ति विदेश पठाउँदा उसको आम्दानी पनि बढ्ने र देशको पनि बेग्लै शान हुने बताउँदै मन्त्री बस्नेतले भने, ‘खाडीमा पठाउनु भन्दा आठ÷दश लाख खाने बनाएर विदेश पठाए देशको पनि स्टान्डरता मेन्टेन हुन्छ ।’
सो क्रममा मेची आँखा अस्पतालमा आजैदेखि शुरु भएको आँखाको कोर्निया र बाल उपचार कक्षको समेत उद्घाटन गरेका थिए ।
मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बस्नेत, गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी, बिर्तामोड नगरपालिकाका उपमेयर नगेन्द्रप्रसाद संग्रौला, नेपाली कांग्रेस जिल्ला सभापति देउकुमार थेवे, लोकबन्धु कन्दङ्वा, मिनु चौधरी, सन्त तोयना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
चण्डीराज ढकालले स्वागत र गणेश पोखरेलले सञ्चालन गरेको कार्यक्रममा नेपाल आँखा बैंकका प्रमुख सन्त तोयना, अवकास प्राप्त कर्मचारी, मरणोपरान्त आँखा दान गर्नेका परिवार लगायतलाई सम्मान पत्र र दोसल्लले सम्मान गरिएको थियो ।
आँखा अस्पतालले दिएका सेवाबारे अस्पतालका मेडिकल डाइरेक्टर पुरुषोत्तम जोशीले जानकारी दिएको कार्यक्रममा अध्यक्ष जलकुमार गुरुङले संघलाई दुर्गममा सेवा प्रवाहका लागि मोवायल भेहिकल आवश्यकता बारे जानकारी गराएका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार‘चिकित्सा शिक्षा संवन्धनका लागि कोही सुत्छ भनेर डराउनु हुँदैन’ स्वास्थ्य मन्त्री बस्नेत
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img