बिर्तामोड १४ पुस । वीरता लेडी जेसीजको १९ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । सोमबार आयोजित विशेष कार्यक्रमका बीच सन् २०२४ का लागि निर्वाचित अध्यक्ष मेनुका ओलीलाई पदस्थापन गराइएको थियो । जेसीजका पूर्व अध्यक्षहरुले सन् २०२३ की अध्यक्ष संगिता गिरीको गलामा रहेको जेसीज चेन ओलीका गलामा पहिर्याउँदै पदस्थापन गराएका थिए ।
बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा सम्पन्न पद हस्तान्तरण कार्यक्रममा जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजालको परिवारले स्थापना गरेको यज्ञ–तीर्थ अवार्डबाट निर्मलाकुमारी शर्मालाई सम्मान गरिएको कार्यक्रममा बर्षोत्कृष्ठ पत्रकार सम्मानबाट आमसञ्चार डटकमका विनोद पाण्डेलाई नगदसहित सम्मान गरिएको थियो ।

त्यसैगरी वर्षोत्कृष्ठ जेसीज सम्मानबाट प्रभा रायमाझी सम्मानित हुँदा अध्यक्षले प्रदान गर्ने वर्षोत्कृष्ठ अवार्डबाट सुमित्रा भट्टराई, प्रियङ्का उप्रेती, मुना ढुङ्गेल, चन्द्रकला ढुङ्गेल, निशा शाक्य सम्मानित भएका थिए ।
सन् २०२३ मा अनिता पुरी, पुनम उप्रेती र विमलाई भट्टराईलाई मानार्थ सदस्यताको प्रमाण पत्र प्रदान गरिएको थियो । मानार्थ सदस्यको सम्मान पत्र सोमा शिवाकोटी, नैनकला भट्टराई र कञ्चना ढकाल सिटौलाले वाचन गरेका थिए भने बर्षोत्कृष्ठ यज्ञतीर्थ अवार्डको सम्मान पत्र स्वस्तिका आचार्य र वर्षोत्कृष्ठ पत्रकारको सम्मान पत्र लीला अनमोलले वाचन गरेका थिए ।
दुई चरणमा सम्पन्न कार्यक्रममा पहिलो चरणको अध्यक्षता सन् २०२३ की अध्यक्ष संगिता गिरी र पदस्थापन पछि सन् २०२४ की अध्यक्ष ओलीले गरेकी थिइन् । कार्यक्रम संयोजक कविता ओलीले आस्था वाचन गरेको कार्यक्रममा जेसीज भिजन पियङ्का ढुङ्गेलले गरेकी थिइन् भने स्वागत तारा बस्नेतले गरेकी थिइन् ।
ओली नेतृत्वको टिम गत माघ ४ गते सम्पन्न निर्वाचनबाट नयाँ कार्यसमिति निर्वाचित भएकी थिइन् ।
त्यस्तै दुई जना कार्यकारिणी पदका लागि तिन जनाको उम्मेदवारी परेको थियो । दीपा शिवाकोटी, निशा शाक्य र रोजिना पाण्डेको उम्मेदवारीमा दीपा शिवाकोटीले र निशा शाक्य निर्वाचित भएका थिए । अन्य पद भने सर्वसम्मत भएको थियो ।



















