बिर्तामोड माघ । आदर्श स्कूल अफ म्यानेजमेन्ट बिर्तामोडको आयोजना ,सुरुवाती कोठा नेपाल झापा ,प्यासिफिक एसिया ट्राभल एसोसिएसन स्टुडेन्ट च्यापटर को सह आयोजना मा विद्यार्थीका लागि एक दिने महिलाहरुका लागि पाठेघरको क्यान्सर सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। स्त्रीरोग तथा क्यान्सर रोग बिसेसज्ञ डाक्टर प्रियङ्का कटुवालले विद्यार्थीलाई क्यान्सरबारे रोगबारे सहजीकरण गरेका थिए । अग्रेजी महिना जनवरीलाई पाठेघर क्यान्सर विरुद्धको अभियानका रुपमा मनाउने गरिए बमोजिम पाठेघरको क्यान्सर हुनै नदिन अपनाउनुपर्ने सचेतनाबारे सहजीकरण गरिएको थियो ।
अतिकम बिकास भएका देशका महिलामा पाठेघरको क्यान्सर ज्यादा देखिन थालेको कारणले यस्ता कार्यक्रम गर्नु परेको र बालिका तथा किशोरीमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोपको जानकारी समेत दिएको थियो । कार्यक्रममा कलेजका ३०० बढी विद्यार्थीहरुको सहभागीता थियो । सो क्रममा विद्यार्थीहरु सेम्भी दाहाल, समीर धमला, मुना सेन्चुरीले पाठेघरको क्यान्सरबारे जिज्ञासा राखेका थिए। किरण बस्नेतले ब्यवस्थापन गरेको कार्यक्रमको सञ्चालन कलेजका अतिरिक्त क्रियाकलाप संयोजक दीपक दासले गरेका थिए ।
आदर्श स्कूल अफ म्यानेजमेन्टमा क्यान्सर सम्बन्धी सचेतना कार्यक्रममा

































































































