बिर्तामोड १० माघ । झापा आन्दोलनलाई समेटेर पत्रकार तथा लेखक कुमार भट्टराईले लेखेको ‘२८ साल’ नामक पुस्तक विमोचन भएको छ । झापा आन्दोलनका अगुवामध्येका एक दुर्गा अधिकारीले पुस्तक विमोचन गरेका थिए ।
सो क्रममा वृद्ध अवस्थाका अधिकारीले झापा आन्दोलनमा गरिएको संकल्प पूरा हुनै लाग्दा आफ्नै पार्टीका नेताहरुले राजनीतिलाई टेढो मेढो बाटोमा हिँडाएर बिगारेको बताए । प्रज्ञा प्रतिष्ठानमा आयोजित पुस्तक विमोचन कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख अतिथिका रुपमा बोलाइएको थियो । तर, ओली मंगलबारदेखि नै बिरामी परेका कारण उपस्थित हुन सकेनन् । समारोहमा अतिथिका रुपमा उपस्थित भएका ठूलो दूर्गा अधिकारीले केपी ओली, सीपी मैनाली, राधाकृष्ण मैनाली लगायतसँगै १० वर्ष लामो जेल जीवन बिताएका छन् ।
कुमार भट्टराईद्वारा लिखित झापा विद्रोहमा आधारित पुस्तकको विमोचनमा पत्रकार पुरुषोत्तम दाहाल र ठूलो दुर्गा अधिकारी सहभागी थिए । पुस्तक इतिहास र बास्तविक पात्रहरुमा आधारित भएता पनि उपन्यासका रुपमा प्रकाशित भएको छ ।
कुमार भट्टराईद्वारा लिखित ‘२८ साल’ नामक पुस्तक विमोचन



















