HomeFeatured 2फागुन १९ देखि झापा गोल्डकपको छैटौं संस्करण सञ्चालन हुने

फागुन १९ देखि झापा गोल्डकपको छैटौं संस्करण सञ्चालन हुने

बिर्तामोड ९ माघ । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको छैटौँ संस्करण आगामी फागुन १९ देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ । स्थानीय डोमालाल राजवंशी रंगशालामा सञ्चालनबारे बिर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो ।
यो वर्ष झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउनेछन् । त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एकथान मोटरसाइकल प्रदान गरिनेछ । त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा आयोजकको तर्फबाट झापा ११ फुटबल क्लबसहित नेपालका ७ र विदेशी ३ गरी १० वटा टिमको सहभागिता रहनेछ ।
छैटौँ संस्करणको उद्घाटन समारोहमा झापा जिल्लाका एकजना पुराना फुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिनेछ । यो वर्ष पनि खेल सञ्चालन हुने रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिनेछ । यो रकम गोल्डकप उद्घाटनको दिन प्रदान गरिने गोल्डकप आयोजक समितिले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न एककरोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । झापाबासीकै प्रतिष्ठासँग जोडिएको यस प्रतियोगिता सफल बनाउन सबैलाई आयोजक समितिले अपिल समेत गरेको छ ।
कुनै बेला झापा ११ फुटबल टिम भन्ने बित्तिकै नेपालका चर्चित ए डिभिजन क्लबहरु पनि झस्कने गर्दथे । झापा–११ सहभागि प्रतियोगितामा झापालाई हराउन ठुला टिमलाई निक्कै चुनौती हुने गथ्र्यो । केही बर्ष पहिले मात्र काठमाण्डौ र बाहिर हुने प्रतियोगिताको सबैभन्दा धेरै उपाधि जित्ने रेकर्ड झापा–११ को थियो ।
झापा–११ को उत्कृष्ठ प्रदर्शनका कारण खेलाडी उत्पादन र संरक्षणमा जोड दिदैं झापा गोल्डकपको शुरुवात गरिएको थियो । झापा गोल्डकपको छैटौं संस्करणमा आइपुग्दा टिम नै तहस–नहस बनेको छ । यसबर्ष पनि खेलाडी उत्पादन र संरक्षणको निम्ति भन्दै फागुन १९ गतेदेखि २८ गतेसम्म बिर्तामोडको डोमालाल रंगशालामा प्रतियोगिता हुँदैछ ।
प्रत्येक बर्ष हुँदै आएको गोल्डकप केही बर्षदेखि नियमित हुन छाडेको छ । झापा गोल्डकपका अध्यक्ष बिनोद वस्नेतकै भनाईमा आर्थिक मन्दीका कारण गोल्डकप नियमित हुन नसकेको हो । सोमबार गोल्डकपको तयारीका सम्बन्धमा पत्रकार सम्मेलन गर्दै बस्नेतले अघिल्ल संस्करणमा झै यसबर्ष पनि उद्योगी व्यवसायीको साथ लिएर गोल्डकप सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।
झापाकै केही व्यक्तिको निषेधका कारण झापा–११ ले प्रतियोगितामा भाग लिन नपाइरहेको झापा गोल्डकपका पूर्व अध्यक्ष एवं झापा–११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले बताए। झापा–११ को नाम सुन्ने बित्तिकै निषेध गर्न खोजेको पूर्व अध्यक्ष गुरुङले खुलासा गरे ।
२०७२ सालबाट सुरु भएको गोल्डकपले कोरोना संक्रमणका कारण निरन्तरता पाउन सकेको थिएन । झापा गोल्डकपको यो संस्करणमा पुरस्कारको राशीसमेत बृद्धि गरेको छ । प्रतियोगितामा मस्ट भ्यालुएवल प्लेयरलाई एकथान मोटरसाइकल प्रदान गरिने आयोजक समितिका अध्यक्ष बस्नेतले जानकारी दिए । त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने उनले बताए । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछन् ।
अघिल्लो संस्करणको आयोजनाबाट झापा गोल्डकपले ९८ लाख रुपैयाँ बैंक मौज्दात राखेको कोषाध्यक्ष केदार गिरीले जानकारी दिए । यो पटकको प्रतियोगिताबाट पनि रकम बचत गरेर झापा ११ का खेलाडीको स्तरबृद्धिमा खर्च गरिने तयारी रहेको गिरीले बताए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2फागुन १९ देखि झापा गोल्डकपको छैटौं संस्करण सञ्चालन हुने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img