Homeसमाचारजलकन्यामा माघ ११ देखि श्रीमद्भागवत महापुराण हुने

जलकन्यामा माघ ११ देखि श्रीमद्भागवत महापुराण हुने

कालीस्थान ९ माघ । अर्जुनधारा–१० स्थित जलकन्या मन्दिरमा यही माघ ११ गतेदेखि श्रीमद्भागवत महापुराण आयोजना हुने भएको छ । मन्दिरको दीगो ब्यवस्थापनका लागि अक्षयकोष स्थापना एवं मन्दिर परिषरको घेराबारासहित पूर्वाधार निर्माण गर्ने उद्देश्यले पुराणको आयोजना गरिएको मन्दिर परिषरमा आज आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको हो ।
धर्म संस्कृति र परम्पराको संरक्षण तथा सम्बद्र्धन, धार्मिक आध्यात्मिक चिन्तनको विकास, सामाजिक सद्भाव बृद्धि गर्दै मन्दिर परिषरमा गौतमबुद्धको प्रतिमा स्थापना, अक्षयकोष स्थापना लगायतको लक्ष राखेर पुराणको आयोजना गरिएको जलकन्या देवी मन्दिर ब्यवस्थापन समितिका सचिव ओमप्रकाश भट्टराईले जानकारी दिए ।
माघ ११ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने पुराण युवा पण्डित अर्जुन भट्टराईको प्रमुख वाचकत्व र पं. रोशन भट्टराईको पाठपारायण रहने जलकन्या देवी मन्दिर पुराण आयोजक समितिका संयोजक चन्द्रशेखर दाहालले बताए । पुराणबाट लगभग ५० देखि ६० लाख आम्दानीको अपेक्षा राखिएको पुराण सम्पन्न गर्नका लागि व्यवस्थापकीय खर्च लगभग १० लाख खर्च हुने अनुमान गरेको समितिले रुपैयाँले पुराणको खर्च धानी ३० लाख रुपैयाँको अक्षयकोष स्थापना एवं १० लाखले मन्दिरका पुजारी ब्यवस्थापन, घेराबारा निर्माण गर्ने लक्ष रहेको सचिव भट्टराईले बताए ।


जलकन्या मन्दिरको ऐतिहासिकता एवं सम्भाब्यता र बिशेषताबारे स्थानीय युुुुुवा लवकुश गौतम, कृष्ण चापागाई लगायतले प्रकाश पारेका थिए ।
अर्जुनधारा नगरपालिका वडा नं–१० मा पर्ने जलकन्या मन्दिर कालीस्थान चोकबाट लगभग डेढ किलोमिटर पूर्व–दक्षिणमा रहेको छ । उक्त स्थानमा पुग्नका लागि बुट्टाबारीबाट सालबारी स्कुलपश्चिमपट्टिबाट सिधै उत्तर गएर जलकन्या गाउँमा पुगेपछि थोरै पूर्वपट्टी मोडिनुपर्छ । साथै शनिश्चरे बजारबाट कालिकापीठ कालीस्थान चोक हुँदै डेढ किमि पूर्वदक्षिणमा जलकन्या मन्दिर अवस्थित छ ।
यसैगरी धाईजनबाट–कालीस्थान–शनिश्चरे (धाइजनबाट लगभग ३ किमी) आउने बाटोबाट पूर्व आएपछि थोरै दक्षिण–पूर्व मोडिएपछि मन्दिर परिषर पुग्न सकिन्छ ।
आदिकालदेखि नै पूजा आरधना हुँदै आएको जलकन्या देवी मन्दिर परिषरको उत्तरपट्टि जलाशययुक्त पोखरी छ । मन्दिर अगाडि दुर्लभ बृक्षहरु छन् । एक–अर्कामा लहरा बेरिएका ती दुर्लभ बृक्षको प्रजाति पत्ता नलागेको तर आफूले देखेदेखि अहिलेसम्म नबढेको स्थानीय लवकुश गौतमले बताए।
एक विगाह एक कठ्ठा जग्गा क्षेत्रफलमा रहेको मन्दिर परिषरमा जलकन्या देवी मन्दिर छ भने लगभग दुईबर्ष अघिमात्रै शिवालय निर्माण गरिएको छ । जलकन्याको जलासय परिषर भएर बग्ने हिले खोलाको दीगो ब्यवस्थापन एवं सामुदायिक हल निर्माणका लागि मन्दिर ब्यवस्थापन समितिले १ करोडको योजना संघीय सरकारसमक्ष पेश गरेको सचिव भट्टराइले जानकारी दिनुभयो । परापूर्वकालदेखि नै त्यहाँ पूजा–आजा हुने गरेको स्थानीय बृद्धबृद्धाले बताउने गरेपनि एकीन इतिहास भने नभएको भट्टराईले बताए ।
स्थानीय बखतबहादुर कटुवालको अध्यक्षतामा रहेको मन्दिर ब्यवस्थापन समितिले मन्दिर विकास र संरक्षणका लागि सतचण्डी, श्रीमद्भागवत, शिवपुराणका लगायतका धार्मिक अनुष्ठान गरिसकेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारजलकन्यामा माघ ११ देखि श्रीमद्भागवत महापुराण हुने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img