भद्रपुर २९ पुस । जिल्ला कारागार झापामा रहेका कैदीलाई लक्षित गरी भद्रपुरस्थित बन्दी विकास पुस्तकालयलाई पुस्तक तथा खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको १८ स्थापना दिवसको अवसरमा शनिवार विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीहरुको पठन संस्कृतिको विकासका लागि पुस्तक हस्तान्तरण गरिएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ झापाले जनाएको छ ।
जिल्लाका विभिन्न पुस्तक तथा स्टेसनरी व्यवसायीबाट संकलित एकलाख ५२ हजार छसय ३६ रुपैयाँ मूल्य बराबरको पुस्तक, स्टेसनरी र खेल सामाग्री नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ झापाका पदाधिकारीले कारागार भित्र कार्यक्रमको आयोजना गरि पुस्तक प्रदान गरेका हुन् ।
व्यवसायीले प्रदान गरेको पुस्तक तथा स्टेसनरी कारागारका आन्तरिक प्रसाशन प्रमुख तथा बन्दी विकास पुस्तकालयका अध्यक्ष मनोज लावती, उपाध्यक्ष भरत सार्की, सचिव रमेश पोख्रेल र अविरमण्डु माझिले ग्रहण गरेका थिए ।
म्हासंघले कथा, कविता, उपन्यास, यात्रा संस्मरण, नाटक, फुटवल, भलिवल लगायत जीवन उपयोगी पुस्तक प्रदान गरिएको झापाका उपाध्यक्ष खगेन्द्र गौतमले बताए ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंंघका झापा अध्यक्ष विनोद सापकोटाले जेलजीवनबाट मुक्त भएपछि नयाँजीवनको सुरुवात गर्न र जीवन शैली परिवर्तन गर्न यी पुस्तकले महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका कोशी प्रदेशका बरिष्ठ उपाध्यक्ष जीवन नेपाल पनि सहभागि थिए । उनले कारागारका कैदीबन्दीको हातमा पुस्तक परेपछि उनीहरुको व्यवहारमा परिवर्तन आउन सक्ने बताएका छन् । उनले पुस्तक मानसिक स्वास्थ्यका लागि पनि सहयोगी बन्ने अपेक्षा गरे ।
कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका केन्द्रिय सदस्य रविन बराल, प्रदेश उपाध्यक्ष राजकुमार दाहाल, झापा ४ का ईकाई अध्यक्ष दुर्गा घिमिरे र व्यवसायी महासंघका पदाधिकारीको सहभागिता थियो । झापा कारागार भित्र आयोजना भएको कार्यक्रमको सहजीकरण सचिव चन्द्रमणी घिमिरेले गरेका थिए ।
बन्दी विकास पुस्तकालयलाई पुस्तक तथा खेल सामग्री प्रदान

































































































