Homeसमाचारपुनर्वासले सकिएन शरणार्थीको पीडा, शिविरमा रहेकाको दर्ता नविकरणमै समस्या

पुनर्वासले सकिएन शरणार्थीको पीडा, शिविरमा रहेकाको दर्ता नविकरणमै समस्या

बिर्तामोड पुस । शरणार्थी पुनर्वासपछि सुस्ताएको भूटानी शरणार्थीको मुद्दा पुनः उठ्न थालेको छ । शरणार्थीको दीगो समस्या समाधानका लागि सुस्ताएको विषयले फेरि एकपटक सरोकारवालालाई झक्झक्याएको हो ।
१० डिसेम्बर २०२३ का दिन मानव अधिकार सञ्जाल झापाले आयोजना गरेको कार्यक्रममा शरणार्थीको समस्या मुखरित भएसंगै सञ्जालको पहलमा सरोकारवालालाई एकै ठाउँ उभ्याएको छ ।
नेपालमा शरणार्थीको रुपमा आश्रय लिन आइपुगेका भूटानी शरणार्थी शिविरमध्ये ५ वटा खालिछन् । भूटानबाट जबरजस्ती लखेटिएका भूटानीहरु नेपालमा सन् १९९१–१९९० सम्ममा नेपालमा आश्रय लिन आइपुगेका भूटानीहरुको घर फिर्ति लडाइँ जारी रहेकै अवस्थामा तेस्रो मुलुक पुनर्वासको अवसर प्राप्त भएसंगै लगभग एकलाख १३ हजार भूटानी शरणार्थी अमेरिका, अष्ट्रेलिया, न्यूजिल्याण्ड, क्यानडा, डेनमार्क, नर्वे, बेलायत, नेदरल्याण्ड लगायतका देशमा पुनर्वासका लागि उडे ।
तेस्रो मुलुक पुनस्र्थापना पछि जो शिविरमै रहे उनीहरु झन समस्यामा परेको उनीहरुको गुनासो छ । सन् १९९१–१९९८ को अवधीमा नेपालमा शरण लिन आइपुगेका भूटानीहरुलाई शुरुमा झापा र मोरङमा सात वटा शिविर खडा गरी राखिएको थियो ।
पुर्नवासपछि हाल झापाको बेलडाँगी र मोरङको पथरी शनिश्चरेमा पुर्नवास हुन नसकेका र नचाहेका शरणार्थीहरुको गणना समेत उन छोडेपछि समस्यामा परेको भन्दै दीर्घकालीन समाधान खोज्न माग गरिरहेका छन् ।
भूटानी शरणार्थी शिविर व्यवस्थापन समिति बेलडाँगी शिविरका सचिव सञ्चहाङ सुब्बाले हाल नेपालमा ससम्मान स्वदेश फर्कन चाहने, पुनर्वास प्रक्रिया अनुसार पारिवारिक पुनर्मिलन र सम्मानजनक स्थानीय एकीकरण प्रक्रिया चाहने ६ हजार पाँचसय ७७ जना पञ्जीकृत शरणार्थी रहेको बताउँछन् ।
उनका अनुसार शिविरमा जनगणनामा छुटेका परिचय पत्र विहिन चारसय २९ शरणार्थी छन् भने ५३ परिवारले शरण चाहेका छन् । त्यस्तै पछिल्ला चरणमा नयाँ शरण लिन चाहनेहरु पनि शिविरमा रहेका छन् । गणनामा छुटेकाको संयुक्त राष्ट्र संघीय शरणार्थी उच्च आयोग (युएनएचसिआर) र शरणार्थी समन्वय इकाईले सूचीकृत गरेको छ ।
तेस्रो देशमा पुनस्र्थापना पश्चात् झापाको बेलडाँगी र मोरङको शनिश्चरे पथरीमा बाँकी रहेका शरणार्थीहरुलाई उचित ढङ्गबाट ब्यवस्थापन गरी भुटानी शरणार्थीहरुको दिर्घकालीन समाधान खोजिनु पर्ने सहभागीहरुले बताएका थिए ।
शिविरमा महिलाहरुको आफ्नै समस्या छ । गैरभूटानीसंग विवाह भएर सम्बन्धमा खटपट आएका महिलाको ठूलो समस्यामा रहेको शरणार्थी तीलक राईले बताए । उनले भने, ‘सबैको सम्बन्ध सक्सेस हुन्छ भन्ने हुँदैन, सम्बन्धमा खटपट आएर सम्बन्ध विच्छेद गरेका महिलाको बेग्लै समस्या छ ।’
शरणार्थीको पुनर्वास प्रक्रिया प्रारम्भ गर्दा दातृ निकाय, युएनएचसिआर र नेपाल सरकारले शिविरमा एकजना मात्रै शरणार्थी रहेसम्म राहतमा कमी हुन नदिने गरेको प्रतिवद्धता, परिवारलाई विभाजन नगरिने आश्वासन मात्रै भएको शिविर सचिव सुब्बाको कार्यपत्रमा उल्लेख छ । उनका अनुसार सन् २०१८ को अन्त्यदेखि शरणार्थीको न्यूनतम आधारभूत आवश्यकता परिपूर्तिमा समेत चुनौति थपिएको छ । सन् २०१६ मा पुनर्वास कार्यक्रम समाप्तीसंगै सहुलियतमा कटौती भएको छ । पुनर्वास कार्यक्रमपछि शिक्षा, स्वास्थ्य लगायतका सुविधाहरु काटिएका छन् भने अभिभावक विहिन भएका अनाथ बालबालिका पञ्जीकरणमा छुटेकाहरुको अवस्था जटिल बनेको छ ।
बिर्तामोडमा आयोजित एकभेलाले सञ्जालका अध्यक्ष डा. रुपक खनालको संयोजकत्वमा एक समिति समेत बनाएको छ । समितिमा मानव अधिकारकर्मी विष्णु खरेल ,शरणार्थी सम्बन्धी विज्ञ गोविन्द कोइराला, भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेल , नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, बेलडाँगी शिविरका सचिव सन्चहाङ सुब्बा र पथरी शनिश्चरे शिविरका सचिव करण राई सदस्य रहेका छन् । आवश्यकता अनुसार समितिलाई विस्तार गर्दै लैजाने बताइएको छ ।
सन् २००८ देखि सन् ००८ सम्म चलेकोे भूटानी शरणार्थी तेस्रो मुलुक पुनर्वासका क्रममा एकलाख १३ हजार तीनसय सातजना पुनर्वासमा गएको तथ्याङ्क छ भने हाल शिविरमा पञ्जीकरण भएका छ हजार पाँचसय ७७ जना र पञ्जीकरण हुन नसकेका चारसय २९ जना रहेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपुनर्वासले सकिएन शरणार्थीको पीडा, शिविरमा रहेकाको दर्ता नविकरणमै समस्या
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img