बिराटनगर पुस । झापा, मोरङ, उदयपुर र पाँचथरका छुट्टा छुट्टै स्थानबाट बिभिन्न मुद्दाका ५ जना फरार प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ज्यान मार्ने उद्योग मुद्दाका शम्भु लिम्बुलाई नियन्त्रणमा लिएको छ । झापा जिल्ला अदालतबाट मिति २०८०।०३।०६ गतेको फैसलाले ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तोकिएका २९ बर्षीय लिम्बूलाई दमक ३ स्थानीय ठाउँबाटै प्रहरीले पक्राउ गरेको हो ।
त्यसैगरी घरमा आगो लगाएको मुद्दामा मोरङ जिल्ला अदालतको २०७९।०९।२८ गतेको फैसला आदेशले ६ महिना कैद भई फरार रहेका लेटाङ ३ का ३० बर्षीय सुमन राईलाई ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ भने गाली बेइज्जती मुद्दामा उदयपुर जिल्ला अदालतको २०७७।०९।२० गतेको फैसलाले ५÷५ हजार जरिवाना तोकिएका बेलका ५ का ६२ बर्षीय डम्बर बहादुर कट्वाल र ५२ बर्षीय तिलक बहादुर कट्वाललाई प्रहरी चौकी लालबजारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
यसैगरी डाका मुद्दामा सम्मानित पाँचथर जिल्ला अदालत पाँचथर फिदिमको मिति २०७८।०४।३२ गतेको फैसलाले कैद ६ बर्ष र १२ हजार ५ सय १० जरिवाना भएका फक्तालुङ गाउँपालिका ६ ताप्लेजुङका २९ बर्षीय राजु ताप्मादेन लिम्बु भन्ने दिव्य लिम्बुलाई खोजतलास गर्ने क्रममा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धित अदालतहरुमा उपस्थित गराइएको छ ।
झापा, मोरङ, उदयपुर र पाँचथरबाट ५ जना फरार प्रतिवादी पक्राउ

































































































