बिर्तामोड ११ पुस। आगमी फागुन १४ गते हुने बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनमा नेपाल उधोग तथा व्यवसायी महासंघले अर्जुनकुमार मैनालीलाई उम्मेद्वार घोषणा गरेको छ । महासंघको बिर्तामोड नगर कमिटीद्वारा बिर्तामोडमा आयोजित बृहत बिस्तारित भेलाका बीच मैनालीलाई अध्यक्षको उम्मेद्वार घोषणा गरेको हो । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले उम्मेदे्वार घोषणा गरेका हुन् । मैनाली बाणिज्य संघका बहालवाला महासचिव हुन् ।
उम्मेद्वार घोषणा पछि मैनालीले ब्यवसायीको हितमा काम गर्ने तथा बाणिज्य संघप्रति बिश्वासको वातावरण बनाउने प्रतिवद्धता ब्यक्त गरे ।
बिर्तामोड उद्योग बाणिज्य संघको अध्यक्षमा मैनालीको उम्मेद्वारी घोषणा

































































































