HomeFeatured 2पत्रकार सहारा उपचार कोषमा एकै दिन जुट्यो ९ लाख बढी

पत्रकार सहारा उपचार कोषमा एकै दिन जुट्यो ९ लाख बढी

बिर्तामोड पुस । नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा सोमबार एकैदिन नौ लाख रुपैयाँभन्दा बढी रकम जुटेको छ ।
महासंघ झापाको ३५औं स्थापना दिवसको अवसर पारेर सामाजिक तथा व्यवसायिक क्षेत्रका दाताहरुले पत्रकारको सामाजिक सुरक्षाका लागि स्थापित उक्त कोषमा नगद तथा चेक प्रदान गरेका हुन् ।  कोषलाई एक करोड रुपैयाँ पुर्याउने लक्ष्यसहित महासंघले दाताहरुबाट सहयोग जुटाइरहेको छ । कोषको रकम लक्ष्यको नजिक पुगेको सो अवसरमा जानकारी दिइयो ।
उक्त कार्यक्रममा सामाजिक क्षेत्रमा क्रियाशील चारपानेका डिल्लीराम सिटौला, माया सिटौला र ध्रुव सिटौलाले परिवारको तर्फबाट एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरे । त्यस्तै चारपानेका सामाजिक व्यक्तित्व नारायण राजवंशीले एक लाख एक हजार रुपैयाँ प्रदान गरेका छन् ।
सामाजिक अभियन्ता तथा व्यवसायिक क्षेत्रमा सक्रिय विनोद बस्नेतले एक लाख एक हजार रुपैयाँ प्रदान गरेका छन् । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ कोशीका उपाध्यक्ष कुमारमणि पोखरेलले एक लाख, वीरता जेसीजका पूर्व अध्यक्ष तथा हिमालय मेडिसिन सेन्टरका सञ्चालक यामकुमार खड्काले एक लाख, युवा व्यवसायी रोनक वंशलले एक लाख रुपैयाँ प्रदान गरेका छन् ।
चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमलीले ५० हजार रुपैयाँ प्रदान गरेका छन् । उनले यसअघि पनि कोषलाई ५० हजार रुपैयाँ प्रदान गरेका थिए ।
त्यस्तै मेची पेट्रोलियम डिलर्स एसोसिएसनका तर्फबाट अध्यक्ष नवीन कोइरालाले २५ हजार रुपैयाँ, मारवाडी सेवा समिति बिर्तामोडका अध्यक्ष सुरेश भद्रपुरेले २५ हजार, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष वेदप्रकाश अग्रवालले २१ हजार रुपैयाँ प्रदान गरेका छन् । मेची पेट्रोलियमले यसअघि कोषलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको थियो ।
कोषका लागि सामाजिक सेवामा सक्रिय व्यक्तित्वहरु भरतकुमार गिरीले ५१ हजार, जलकुमार गुरुङले ५१ हजार, कुमार गिरीले ५१ हजार, केदार गिरीले २५ हजार प्रदान गर्ने घोषणा गरेका छन् । केदार गिरीले यसअघि कोषमा ७५ हजार सहयोग प्रदान गरेका थिए । महासंघले केही समयभित्रै कोषलाई एक करोड पुर्याएर  कोषका दाताहरुलाई संस्थापक घोषणा गरी सम्मान गर्ने तयारी गरेको अध्यक्ष एकराज गिरीले जानकारी दिए ।
पत्रकारको सामाजिक सुरक्षा र दीगो हित गर्ने उद्देश्यले स्थापित पत्रकार उपचार कोषमा सहयोज जुट्ने क्रम जारी छ । नागरिकलाई सूसुचित गराउन अहोरात्र खटिने  पत्रकारहरुलाई घाइते र विरामी हुँदा उपचार खर्च दिने पत्रकार उपचार कोषको दाताहरुले प्रशंसा गरेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2पत्रकार सहारा उपचार कोषमा एकै दिन जुट्यो ९ लाख बढी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img