Homeसमाचारभौतिक विकास मात्रै विकास हो भन्ने बुझाई छ-रेग्मी

भौतिक विकास मात्रै विकास हो भन्ने बुझाई छ-रेग्मी

स्थानीय तहको आवधिक निर्वाचन पछि निर्वाचित जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको १ वर्ष आठ महिना भन्दा बढी भएको छ । आवधिक निर्वाचनले कत्तिपय पुरानै जनप्रतिनिधिलाई पुनः जिम्मेवारीमा ल्याएको छ भने धेरै नयाँ अनुहार पनि आए । संघीय संरचना अनुसार जनताको नजिकको अभिभावकका रुपमा वडा संरचना रहेको छ । स्थानीय तहका वडा सदस्यलाई पनि पद अनुसारको जिम्मेवारी दिएको छ । निर्वाचित भएर गएका महिलाहरुले पद अनुसारको जिम्मेवारी पाएका छन कि छैनन् ? जनप्रतिनिधिको जिम्मेवारी के रहेछ भन्ने विषयमा केन्द्रित रहेर बिर्तामोड नगरपालिका वडा नं.–६ की महिला वडा सदस्य गीता शर्मा रेग्मीसंग गरिएको कुराकानी संक्षेप–
डेढ वर्ष भयो जिम्मेवारी सम्हालेको कस्तो अनुभव हुँदैछ ?
जननिर्वाचित भएर जिम्मेवारी सम्हाल्न जाँदै गर्दा काम कर्तव्य र अधिकार केही पनि थाहा थिएन । जनप्रतिनिधिका जिम्मेवारी के के भन्ने कुरा सिक्न पायौं । जनताका काम कसरी गर्नुपर्छ भन्ने कुरा सिक्दै काम गर्दैछौं । जीवन नै सिकाई हो । त्यही सिकाईको अभ्यास गर्दैछु ।
महिला जनप्रतिनिधिको भूमिका के रहेछ वडामा ?
– भूमिका महत्वपूर्ण छ । यसको व्याख्या नै गरेर जाने हो भने निकै लामो हुन्छ । छोटकरीमा भन्नुपर्दा महिला तथा बालबालिकाको सवाल, शिक्षा, स्वास्थ्यको सवाल हिंसामुक्त समाज निर्माणका लागि केन्द्रित छ । सुन्नमा वडा सदस्य भनेपनि कामका हिसाबले जिम्मेवारीका हिसाबले गहन छ । एउटा महिला वडा सदस्यले समग्र वडाभित्रका महिला, बालबालिकाहरुको प्रतिनिधित्व गरेको हुन्छ । तसर्थ समग्र वडाका महिला, बालबालिकाहरुका समस्या समाधानका लागि काम गर्ने प्रयत्न जारी छ । वडाका महिला र बालबालिकालाई लक्षित गरी बजेट बनाउने, कार्यान्वयन गर्ने लगायत धेरै जिम्मेवारीहरु छन्र/हेछन् ।
बजेट निर्माणमा सहभागी गराइन्छ कि गराइदैन ? कतिपयमा त महिला, दलित सदस्यलाई थाहा नै दिइदैन भन्छन् नी ! तपाईको वडामा के छ ?
– हाम्रोमा त्यस्तो छैन । बजेट निर्माणमा सहभागी गराईन्छ । छलफलमा खुलेर कुरा राख्न पाएकी छु । सबै बसेर छलफल गर्छौ ।
बजेट बिनियोजन निर्देशिका अनुसार नै हुन्छ ?
–निर्देशिकाबारे खासै थाहा छैन । कस्ता कस्ता शिर्षकमा बजेट राख्ने भन्ने कुरामा छलफल गर्छौं । बजेटको फोकस अलिबढी विकास निर्माण मै हुन्छ । तत्काल नाङ्गो आँखाले पनि जो कोहीले देख्न सकिने भनेको भौतिक विकास नै रहेछ । जनताको चाहना पनि त्यसैमा देखिन्छ । भौतिक विकासका साथै मानव विकास (मान्छेमा सचेतना) जरुरी छ । तर,त्यो प्रत्यक्ष देखिंदैन । त्यसलाई विकास नै मान्दैन रछन् । भौतिक विकासमात्रै खोज्ने मानसिकताले मानव विकास बजेटमा पछि पर्दोरछ ।
तपाईको जिम्मेवारीमा परेको क्षेत्रमा चाहेजति बजेट छुट्याउन सक्नुभएको छ कि छैन ?
-अघि नै भने भौतिक विकासलाई मात्रै विकास ठान्ने समाजको मानसिकताले क्षमता, दक्षता, चेतनास्तरको विकास, सीपको विकासलाई ओझेलमा पार्दो रछ । जनअपेक्षा अनुसारको काम गर्न बजेटको सिमितताले पनि बाँध्दो रछ । सबैका आँखा झट्ट देखिने विकासमै जाँदारछ । भौतिक विकास भए यति काम भयो, उति काम भयो भने हिसाब गर्ने, तर अन्यलाई विकास नै नठान्ने मानसिकताले लक्षित बजेट छुट्याउन समस्या छ । अर्को कुरा वडाको बजेट नै थोरै हुन्छ ।
वडामा महिलाको अवस्था कस्तो छ ?
–म जुन वडाको वडा सदस्य छु, त्यो यस्तो वडा हो–जहाँ शहरी क्षेत्र पनि छ, गाउँ पनि छ, झोडाबस्ती पनि छ, सुकुम्बासी र मुस्लिम बस्ति पनि भएको वडा हो यो । बस्तिको हिसाबले जति विविधता छ । समस्याहरु पनि त्यही अनुसार छन् । महिलाका आफ्नै पीडा हुन्छन् । झट्ट हेर्दा शहरी क्षेत्रका महिलाको अवस्था राम्रै देखिन्छ । तर, त्यहाँ पनि पीडा छ । हाम्रो संस्कार नै त्यस्तै छ । संस्कारले पनि पछि पारेको छ । मुस्लिम, झोडा र सुकुम्बासी बस्तिमा बसोबास गर्ने महिला र बालबालिकाको हेर्यो भने एकदमै समस्या छ । स्कूल पढ्ने बेलाका किशोरीहरु बच्चा च्यापेर खोप लगाउन स्वास्थ्य चौकीमा गएको देख्दा दुःख लागेर आउँछ । पढ्ने उमेरमा बच्चा च्यापेपछि पछी गरे गर्छन् भन्ने चिन्ता लाग्छ । तर, के गर्नु ? बुझाउन कठिन छ । उनीहरुलाई न त आफ्नो उमेर नै थाहा हुन्छ ? न आफ्नो स्वास्थ्य र सन्ततीको स्वास्थ्य, शिक्षा र सुरक्षाबारे नै थाहा छ । खै कस्तो अवस्था छ भन्नु र !
तपाईै निर्णायक हो कि गणपूरक मात्रै ?
–दुवै हो । वडाध्यक्षसहित हामी पाँचैजना र सचिव सर बस्नुहुन्छ । हामीलाई लागेको कुरा राख्छौं । विषयवस्तुमाथि खुलेरै छलफल हुन्छ । कुरा राखेपछि कार्यान्वयन गर्न असंभव भए वडाध्यक्ष ज्यूले कारणसहित स्पष्ट पार्नुहुन्छ । संभव हुने कुरामा निर्णय गरेर अघि बढ्छौं ।
चुनावमा गरेका प्रतिवद्धताहरु कार्यान्वयन गर्न सकिन्छ ?
– जनताका असिमित चाहना । सिमित बजेट । महत्वपूर्ण प्रतिवद्धताहरु । सबै त गारो हुँदोरछ । प्रतिवद्धता कार्यान्वयन गर्ने प्रयासमा छौं डेढवर्ष भन्दा अलिबढी समय भयो । तीनवर्ष र केही महिना बाँकी छ । आशा छ, त्यो समयसम्ममा पूरा गर्नेछौं । पूरा गर्ने प्रयास गर्नेछौं । प्रयास गर्दागर्दै बजेटकै लिमिटेसनका कारण सकेनौं भने जनताले बुझ्नु हुनेछ । उहाँहरुले पनि हामीले गरेका प्रयासलाई नियालिरहनु भएको छ ।
लैंङ्गिक हिंसालाई कसरी बुझ्नु हुन्छ ?
– गरिबीका कारण हुने हिंसाको एउटा रुपमा हेरेको छु । जहाँ गरिबी छ, अशिक्षा छ, आर्थिक, सामाजिक, स्वास्थ्य, शिक्षाका क्षेत्रमा कमजोर छन् तिनीहरु माथि बलियोबाट हुने लैङ्गिक हिसा देशमै विकराल रुपमा रहेको छ । गरिबीको आधारमा, सामाजिक संरचनाको आधारमा, जात, लिङ्ग, वर्ण, रुढीबादी लगायत कुनै पनि आधारमा कसैमाथि हिंसा गरिन्छ भने त्यो सामाजिक अपराध हो । गरिबीका कारण स्कूल जान नपाएका परिवारको अवस्था पुस्तौंसम्म गरिबीमै रहन्छ उनीहरुको अवस्था झन विकराल बन्दै गएको आफ्नै वडा गाउँ टोलमा पनि देखिन्छ । अझै पनि अन्धविश्वासका कारण महिला र बालबालिकालाई पछि पारिरहेको छ । उदाहरणका लागि अझै पनि परिवार नियोजन गर्नु हुँदैन, जन्मान्तर फरक पार्नुपर्छ भन्ने कुरामा स्वयं महिलाहरु नै पनि सचेत भएको पाइन्न । जसका कारण उनीहरुको स्वास्थ्य अवस्था कमजोर हुँदैजाँदा उनीहरुका आमा र बच्चा दुवै समस्यामा छन् । मलाई लाग्छ यो एकप्रकारको सामाजिक अपराध पनि हो ।
लैङ्गिक हिंसालाई मानवअधिकारसंग जोडेर हेरिनुपर्छ र त्यही अनुसार कारवाही हुनुपर्छ भन्ने माग पनि गर्न चाहन्छु । अझ दुःख लाग्दो कुरा त बच्चादेखि बृद्धासम्म बलात्कारी गर्नेहरुलाई त फाँसी नै दिनुपर्छ जस्तो लाग्छ । तर, हाम्रो देश विभिन्न सन्धी, महासन्धीहरुको पक्षराष्ट्र भइसकेको छ । त्यसकारण संभव छैन । त्यसैले हदैसम्मको कारवाही हुनुपर्छ ।
राजनीतिमा कसरी प्रवेश गर्नुभयो ?
– म पहिले स्कूल पनि पढाउथे । छोरी ठूली भएसंगै उसैले नगर्नु भनेपछि छोडे र घरैमा बस्थे । अघिल्लो कार्यकाल सकिनै लाग्दा पार्टीको वडा समितिले आयोजना गरेको कार्यक्रममा मामा (सूर्य कन्दङ्वा)–ले बोलाउनु भयो । श्रीमान्लाई मात्रै जानु भन्दै थिए । मामाले मलाई पनि लिएर आउनु भन्नुभएछ । त्यसपछि तिमीपनि हिंड हौं लिएर आउनु भन्नुभएको छ भनेपछि त्यो कार्यक्रममा गए । मलाई वडाको महिला सभापतिको जिम्मेवारी दिइयो । आस्था, विचार र विश्वास पहिलेदेखि नै थियो । काम गर्दै जाँदा स्थानीय तहको निर्वाचन आयो । पहिले जितेको साथीले म उठ्दिन भएपछि मैले मन गरे । जनताले विश्वास गरेर जिम्मेवारी दिनुभयो ।
कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
–ठिकै छ । राम्रै छ । म सिक्न र काम गर्न गएकी हुँ । दुवै गर्दैछु । त्यसैमा खुशी छु ।
राजनीति के हो ?
–नितान्त सेवा हो । जनताको सुख, दुःखमा आफूले जानेको काम गर्ने हो भन्ने लाग्छ । त्यही अनुसार काम पनि गर्दैछु ।
जनप्रतिनिधि भएपछि घरमा कस्तो प्रभाव पर्दोरछ ?
–घर चै बिग्रिदो नै र छ । सारा काम माया मारेर नै अघि बढ्नुपर्ने र छ ।
बोल्न आफैं सिक्नु भयो कि, कसैको देन छ ?
-भन्नैपर्छ, सम्झनै पर्छ । यसमा शी लिड्सको ठूलो भूमिका छ । त्यसैले दिएको ज्ञानले अघि बढ्दै छौं । वडामा हुने काम, वडा सदस्यको भूमिका र जिम्मेवारीको विषयमा शी लिड्सले नसिकाएको भए काम गर्न कठिन थियो । यो प्रोग्राम चै अझै २/४ वर्ष यतैतिर सञ्चालन भइदिए हुन्थ्यो भन्ने लागेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारभौतिक विकास मात्रै विकास हो भन्ने बुझाई छ-रेग्मी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img