Homeसमाचारअर्जुनधारामा कानूनी कार्यक्रम

अर्जुनधारामा कानूनी कार्यक्रम

शनिश्चरे ४ मंसीर । जिल्ला सरकारी वकिल कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय विर्तामोडको संयुक्त आयोजनामा समुदायमा सरकारी वकिल तथा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत एक दिने कानूनी साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला सहकारी वकिलको कार्यालय झापाका न्यायधिवक्त केशवप्रसाद पन्तको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडाध्यक्ष लोकनाथ गौतम, नगरपरिषद सदस्य दिलमाया दास, हरिमाया दाहाल, शारदा भट्टराई, चन्द्रकला निरौला, मेलमिलापकर्ता भानु मिश्र, शेखर बन, खेम काफ्ले, इन्दिरा दाहाल, एकदेव खनाल लगायतले अपराध सम्बन्धी जिज्ञासा राखेका थिए ।
इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख मोहनकुमार थापाले स्वागतसहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा न्यायाधिवक्ता पन्त र जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दिनेशराज मैनालीले जिज्ञासाको जवाफ दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि राना, नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिका संयोजक कमला खतिवडा लगायतले मन्तव्य राखेका थिए ।
सहायक जिल्ला न्यायाधिवक्ता कल्याण पराजुलीले सञ्चालन गरेको कार्यक्रममा जनप्रतिनिधि तथा न्यायिक समितिका सदस्य र मेलमिलाप केन्द्रका सदस्य तथा शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारअर्जुनधारामा कानूनी कार्यक्रम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img