HomeFeatured 2राष्ट्रियसभा निर्वाचनमा सिटौलालाई उम्मेद्वार बनाउन कांग्रेस झापाको सिफारिस

राष्ट्रियसभा निर्वाचनमा सिटौलालाई उम्मेद्वार बनाउन कांग्रेस झापाको सिफारिस

विर्तामोड ६ पुस । नेपाली कांग्रेस झापाले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीका नेता एवं पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई उम्मेद्वार सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको छ ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न जिल्ला कार्यसमिति, क्षेत्र, प्रदेशसभा क्षेत्र र गाउँ/नगर सभापतिहरुको संयुक्त बैठकले राष्ट्रियसभा सदस्यका लागि सिटौलाको नाम सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो । बैठकमा सभापति थेवेले सिटौलाको नाम प्रस्ताव गर्नुभएको थियो भने राम कट्टेलले समर्थन मन्तब्य राखेका थिए ।
नेपालको शान्ति प्रक्रियामा सरकारी वार्ता टोलीको संयोजक भएर १० बर्षे माओवादी सशस्त्र विद्रोहलाई शान्ति वार्तामार्फत् समाधानमा उल्लेखनीय योगदान पु¥याएका सिटौलाले संविधान मस्यौदा समितिको सभापति भएर नेपालको संविधान–२०७२ निर्माणमा महत्वपूर्ण योगदान रहेको थियो ।
पार्टीको नीति, विचार, कार्यक्रम रणनीति निर्माण गर्न अन्य पार्टी निकायहरुसँग समन्वयात्मक भूमिका निर्वाह गरी पार्टीलाई प्रभावकारी ढंगमा स्थापित गराउन समेत भूमिका खेलेका सिटौलाले नेपालको लोकतान्त्रिक आन्दोलन २०४६ र २०६२–०६३ मा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
यसैगरी बैठकले पार्टी केन्द्रीय समितिको मंसीर २९ गतेको बैठकले तय गरेअनुरुप पुस १६ गतेदेखि माघ १६ गतेसम्म सञ्चालन हुने ‘समुदायमा कांग्रेस’ अभियानलाई सफल बनाउन यसअघि वडा तहमा खटाइएका प्रतिनिधिहरुलाई सम्बन्धित वडामै अभियान सञ्चालनका लागि क्रियाशिल गराउने निर्णय गरेको पार्टी सचिव कृष्ण हुमागाईले जानकारी दिए।
यसैगरी नेपाल लोकतान्त्रिक आदिबासी/जनजाति महासंघको आगामी पुस २१ गतेदेखि निरन्तर हुने वडातहदेखिको चुनावी कार्यतालिका अनुसारको तहगत निर्वाचन सफल बनाउन वडामा खटिएका जिल्ला प्रतिनिधिहरुलार्ई यथास्थानमा सक्रियतापूर्वक खटिन आग्रह गर्दै बैठकले महासंघको चुनाव सम्पन्न गराउन सहयोग गर्न पार्टीका सबै तहगत संगठनलाई आग्रह पनि गरेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए ।
यसैबीच बैठकमा नेपाल लोकतान्त्रिक कानून ब्यवसायी संघको प्रदेश उपाध्यक्षमा निर्वाचित नारायण पौडेल र नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित घनश्याम चौधरीलाई खादा ओढाएर बधाई ज्ञापन गरिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2राष्ट्रियसभा निर्वाचनमा सिटौलालाई उम्मेद्वार बनाउन कांग्रेस झापाको सिफारिस
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img