भद्रपुर ६ पुस । वैदेशिक रोजगारीका लागि दुबई गएका श्रीमान् अकबर अन्सारीको उद्दारका लागि सरकारले पहल नगरेको भन्दै झापाकी एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् ।
भद्रपुर नगरपालिकाको कार्यालयमा पुगेर पेट्रोल छर्किन थालेपछि त्यहाँ उपस्थित व्यक्तिहरुले उद्दार गरेको जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी खगेन्द्र रिजालले बताए ।
उहाँको श्रीमान् विदेशमा समस्या हुनु हुँदो रहेछ, उद्धार गरिदिन भन्दै हिँडिरहनु भएको रहेछ प्रहरी प्रवक्ता रिजालले भने– ‘शुक्रबार नगरपालिका पुगेर पेट्रोल छर्किएपछि उद्दार गरेका छौं ।’
भद्रपुर नगरपालिका–८, फुलबारी टोल बस्ने खातुलका श्रीमान् अकवर २८ असोजमा दुबई गएका थिए । त्यहाँ उनलाई ११२० दिराम मासिक तलब दिएर फिनिसिङ कार्पेन्टरको काम लगाउने भनिए पनि फरक काममा लगाइएको बताइएको छ।
लेबरको काममा लगाएपछि ९ दिनमा उनी बिरामी परेको पाइएको प्रहरीले जनाएको छ । फर्किनका लागि भाडा समेत नभएपछि परिवार विचल्लीमा परेको थियो । प्रहरीका अनुसार, अहिले उनकी खातुनलाई सम्झाइ बुझाइ गरेर परिवारको जिम्मा लगाएको छ ।
यता भद्रपुर नगरपालिकाले भने उनको पतिको उद्धारका लागि पहल भइरहेको जनाएको छ ।
श्रीमानको उद्दारको माग गर्दै भद्रपुर नगरपालिकमा आत्मदाहाको प्रयास

































































































