बिर्तामोड २ पुस । बिर्तामोड नगरपालिका क्षेत्रलाई कार्यक्षेत्र बनाएर सञ्चालन भइरहेको निरन्तर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौं बार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष भिष्म दाहालको अध्यक्षता तथा जिल्ला सहकारी संघ झापाका सहसचिव कृष्णप्रसाद मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाको बार्षिक गतिविधि समेटिएको प्रतिवेशन र आर्थिक प्रतिवेदन अध्यक्ष दाहालले तथा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन समितिका संयोजक ध्रुव गौतमले प्रस्तुत गरेका थिए ।
उत्कृष्ट कर्मचारी लोचना भट्टराई, उत्कृष्ट बचतकर्ता हेमकूमारी राजवंशी, उत्कृष्ट ऋणी सोमनाथ ढुङ्गेल, उत्कृष्ट सेयर सदस्य गंगाराम भट्टराईलाई नगदसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको सञ्चालक समिति सदस्य खेमराज बरालले जानकारी दिए ।
संस्थाका सचिव हरिप्रसाद आचार्यले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष स्वागत कुमार सिटौलाले गरेका थिए । एकहजार पाँचसय शेयर सदस्य रहेको निरन्तर बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्षमा चारलाख ८४ हजार पाँचसय ३८ रुपैयाँ मुनाफा आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ । चालु आवमा छलाख ५० हजार मुनाफा आर्जन गर्ने लक्ष्य राखेको संस्थाले सदस्य संख्या एकहजार सातसय पुर्याउने लक्ष्य राखेको छ ।
निरन्तर सहकारीको दशौं बार्षिक साधारणसभा सम्पन्न

































































































