Homeसमाचारमहेशपुर स्वास्थ्य चौकीमा प्रयोगशाला विस्तारको तयारी

महेशपुर स्वास्थ्य चौकीमा प्रयोगशाला विस्तारको तयारी

भद्रपुर १ पुस । झापाको सदरमुकाम चन्द्रगढीबाट लगभग २० किलोमिटर दक्षिण भद्रपुर ३ मा रहेको महेशपुर स्वास्थ्य चौकीले नयाँ कार्यालय प्रमुख पाए संगै कांचुली फेर्न लागेको छ ।

No description available.


२०५२ सालमा स्थापना भएको चौकीमा कार्यलय प्रमुखको जिम्मेवारी सम्हाल्न नेत्रप्रसाद दाहाल आएसंगै स्वास्थ्य चौकीमा सेवा प्रवाहका सामग्रीहरु थप गर्ने कार्य अघि बढाइएको छ । विगतमा सामान्यतया प्राथामिक उपचारको मात्र सेवा प्रवाह गर्दै आएको चौकीले चाँडै मै प्रयोगशाला सेवाको विस्तार गर्ने पक्का गरेको छ ।
प्रयोगशालाको बिस्तारसंगै मृगौला , कलेजो, सुरक्षित मातृ शिशु सेवा, क्षयरोग , कुष्ठरोग, लगायतका विभिन्न रोगहरुको परिक्षण हुने स्वास्थ चौकी प्रमुख दाहालले बताए ।
स्वास्थ्य चौकीले विभिन्न जनचेतनामूलक विद्यालय तथा समुदाय स्वास्थ शिक्षा कार्यक्रमहरु समेत गर्दै गरेको प्रमुख दाहालको भनाई छ । प्रयोगशालाको उपलब्धतासंगै यस क्षेत्रका मानिसहरु भारतका विभिन्न ठाउहरु तथा कोशी प्रादेशिक अस्पताल भद्रपुरसम्म आउने झन्झटबाट मुक्त हुने सेवाग्राही हरुको भनाई छ । यस स्वास्थ चौकीबाट मासिक रुपमा एकहजार भन्दा बढी बिरामीले सेवा लिदै आएका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमहेशपुर स्वास्थ्य चौकीमा प्रयोगशाला विस्तारको तयारी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img