HomeFeatured 2भद्रपुरका उद्यमी डा.आशिषलाई नेपाल जेसीजको उत्कृष्ट युवा पुरस्कार

भद्रपुरका उद्यमी डा.आशिषलाई नेपाल जेसीजको उत्कृष्ट युवा पुरस्कार

भद्रपुर ३० मंसीर । भद्रपुरका युवा उद्यमी डा.डा. आशिष शर्मालाई नेपाल जेसीजले उत्कृष्ट युवा पुरस्कारबाट सम्मान गरेको छ । नेपाल जेसीजको ५० औं महाधिवेशनका अवसरमा झापाका युवा उद्यमी शर्मालाई नगद १० हजार राशिको पुरस्कारसहित सम्मान गरिएको हो । महाधिवेशन उद्घाटन समारोहका प्रमुख अतिथि सभामुख देवराज घिमिरेले डा. शर्मालाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । डा. शर्मा कोशी प्रदेशबाट पुरस्कारका लागि चयन भएका थिए ।
पुरस्कृत शर्मा झापाको दुहागढीमा उद्योग स्थापना गरी गुणस्तरीय हल्का पेय पदार्थहरु उत्पादन गर्दै नेपालभरि बजार विस्तार गरिसकेको सिंगापुर वेभरेज नेपालका प्रवन्ध निर्देशक हुन् । विदेशका विभिन्न विश्वविद्यालयमा शिक्षा आर्जन गरेका डा. शर्माले आफ्नै बुबा उद्योगी रमेश शर्माले सञ्चालन गरेका उद्योग–व्यवसायलाई निरन्तरता दिँदै आएका छन् ।
सिंगापुर वेभरेजद्वारा उत्पादित जीरु, फ्रुट जेम्स, निम्बुपानी, लिची जुसजस्ता सफ्ट ड्रिङ्क्स नेपाली उपभोक्ताका साथै विदेशी बजारसम्म पुगेको छ । उद्योगका प्रवन्ध निर्देशक डा. शर्माले यी उत्पादनहरुलाई थप परिस्कृत गर्दै अन्तर्राष्ट्रिय उत्पादनहरुसँग प्रतिस्पर्धी बनाउन लागिपरेको बताएका छन् ।
डा. शर्माले नेपाल जेसीले प्रदान गरेको सम्मानले आफूलाई उद्योग–व्यवसाय क्षेत्रमा काम गर्न थप प्रेरित गरेको बताउँदै यो सम्मानले आफूमा उर्जा थपिदिएको प्रतिक्रिया दिएका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2भद्रपुरका उद्यमी डा.आशिषलाई नेपाल जेसीजको उत्कृष्ट युवा पुरस्कार
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img