HomeFeatured 2लेखनाथ पुस्तकालयको सभापतिमा कृष्ण सुवेदी निराकार

लेखनाथ पुस्तकालयको सभापतिमा कृष्ण सुवेदी निराकार

भद्रपुर ३० मंसीर । लेखनाथ पुस्तकालय चन्द्रगढीको ३८ औं साधारणसभाले कवि कृष्ण सुवेदी निराकारको सभापतित्वमा ११ सदस्यीय नयाँ समिति गठन गरेको छ । झापा सदरमुकाम चन्द्रगढीमा वि.सं २०३७ साल स्थापना भइ निरन्तर सञ्चालनमा रहेको पुस्तकालयको दुई वर्षे कार्यकालका लागि निराकार नेतृत्वमा सर्वसम्मत समिति गठन भएको हो ।
समितिको उपसभापतिमा खगेन्द्रा खुसी, सचिव हरिकिशोर आचार्य, सहसचिव उषा गुरूङ र कोषाध्यक्षमा गोविन्द कोइराला सर्वसम्मत चयन भएका छन् । यसैगरी सदस्यहरूमा निर्मला बास्तोला दंगाल र जनार्दन उप्रेती चयन भएका छन् भने बाँकी ४ जना सदस्य समितिले मनोनयन गर्ने छ ।
पुस्तकालयका कार्यवाहक सभापति हरिप्रसाद न्यौपानेको सभापतित्व तथा प्राध्यापक डाक्टर गंगाप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न सभामा भाषाविद चुडामणि रेग्मी, पुस्तकालयका संस्थापक अध्यक्ष डिल्लीराम खतिवडा, सहप्राध्यापक चुडामणि वशिष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए भने गोपाल आचार्यले सञ्चालन गरेको कार्यक्रममा स्वागत सचिव हरिकिशोर आचार्यले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2लेखनाथ पुस्तकालयको सभापतिमा कृष्ण सुवेदी निराकार
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img