बिराटनगर ३० मंसीर । कोशी प्रदेशको सुनसरी र झापाबाट ९ जना बन्दकर्ताहरु पक्राउ परेका छन् । यातायात बन्द गर्दै हिड्ने पहिचानबादी समुहका ९ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार धरानमा बन्द गराउँदै हिड्ने राष्ट्रिय जनमुक्ती पार्टी (सुनसरी सचिब) संघर्ष समिति सचिवालय सदस्य सिवहाङ राई, जसपा धरानका सहसचिव सुमन चेम्जोङ लिम्बू, धरान १५ (अध्यक्ष) हरि राई, जसपा युवासंघ सुनसरी अध्यक्ष करूण राई, र किरात राई यायोख्खा सुनसरीका सह–सचिव शम्भु राई धरानबाट पक्राउ परेका हुन् ।
यसैगरी झापाको कमल गाउँपालिका–३ केर्खामा यातायात बन्द गर्न खोज्ने संघीय लोकतान्त्रिक मञ्च नेपालमा ईलाम चुलाचुलीका ध्रुव लावती, शिवसताक्षी नगरपालिका–७ का लिम्बूवान कार्यकर्ता उदयसिंगु लिम्बु, नेपाल तामाङ घेदुङ संघ प्रदेश सदस्य जसकुमार तामाङ र संघीय लिम्बूवान चुलाचुली अध्यक्ष नरेन्द्र लिम्बु झापाबाट पक्राउ परेका हुन ।
कोशी प्रदेशको पुनः नामाकरण हुनुपर्ने माग गर्दै आएका पहिचान पक्षधरले आज बन्दको आह्वान गरेका थिए ।
झापाबाट ४ सहित यातायात बन्दमा संलग्न ९ जना पक्राउ

































































































