Homeसमाचारकालिका बहुउद्देश्यीय सहकारी संस्थाको २१ औ बार्षिक साधारणसभा सम्पन्न

कालिका बहुउद्देश्यीय सहकारी संस्थाको २१ औ बार्षिक साधारणसभा सम्पन्न

कालीस्थान ३० मंसिर । कालिका बहुउद्देश्यीय सहकारी सस्थाको २१ औ बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिका वडा नम्बर–९ का वडाध्यक्ष भीष्म मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा उत्कृष्ट उद्यमीसहित १० जनालाइ सम्मान गरिएको छ ।
कार्यक्रममा बीच उत्कृष्ट बचतकर्ता मल्लिका गजुरेल र सन्तोष चिमरिया, उत्कृष्ट उद्यमी नरप्रसाद उप्रेती र आशामती चौधरी, उत्कृष्ट कर्मचारी सुमन खतिवडा, उत्कृष्ट बाल बचतकर्ता आसन लुइँटेल, शेयर सदस्यका छोराछोरीमध्ये एसइइ उत्कृष्ट बिद्यार्थीहरु उत्कृष्ट पोखरेल, दुर्गा थापा, प्रतीक्षा ओझालाई सम्मानपत्रसहित सम्मान गरिएको हो ।
कार्यक्रममा अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै सस्थाका अध्यक्ष कर्णबहादुर तामाङले सस्थामा १ हजार ३ सय ७५ जना शेयर सदस्य, १ ६४,५५, ३०० रुपैयाँ शेयर पुजी रहेको जानकारी दिए ।
सस्थाले स्थापना गरेको खाध्य उध्योगले हाल शुद्ध तोरीको तेल बजारमा ल्याएको जानकारी दिदै आगामी दिनमा चामल, बेसार, मसला लगायतका अर्गानिक समग्री उत्पादन गरेर सस्थाको लोगो र ट्रेडमार्कमा बजारमा लैजाने बताए ।
कार्यक्रममा प्रमुख अतिथी भीष्म मिश्रले गुन्द्रुक, खोर्सानी, बेसार, अदुवा लगायतका घरेलु हरेक अर्गानिक उत्पादनले बजार पाउने स्थिती रहेको बताउदै ब्यवसायिक रुपमा उत्पादन गर्नुपर्नेमा जोड दिए । सहकारीहरुले शेयर सदस्यको जीवनस्तर उकास्ने खालका कार्यक्रम अघि बढाउन आग्रह गरे।
कार्यक्रममा बिशेष अतिथिहरु अर्जुनधारा वडा नम्बर–१० का अध्यक्ष भुपेन्द्र न्यौपाने, जिल्ला सहकारी संघका लेखा समिती सदस्य प्रेमसागर सापकोटा, नगर समन्वय समिति अर्जुनधाराका संयोजक कृष्ण चापागाईं, कालिकापीठ कालीस्थानका अध्यक्ष ज्यो. ं लक्ष्मीप्रसाद पोखरेल, संस्थाका संस्थापक अध्यक्ष पदमलाल श्रेष्ठ, जन आन्दोलन साप्ताहिकका सम्पादक इन्दु पुर्बेली, झापा फुटबल संघका भगिरथ आले, श्रद्धा साकोसका युवराज प्रसाईं, सहनशील साकोसका ज्ञानु थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सस्थाका अध्यक्ष कर्णबहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष योगप्रसाद मिश्र र संचालन केदारनाथ पोखरेलले गरेको ब्यवस्थापक दामोदर दाहालले जानकारी दिए । कार्यक्रममा सम्मानित ब्यक्तित्वको सम्मानपत्र सहसचिव गान्धारी मिश्रले वाचन गरेकी थिइन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकालिका बहुउद्देश्यीय सहकारी संस्थाको २१ औ बार्षिक साधारणसभा सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img