HomeFeatured 2प्याब्सनको भद्रपुर नगरस्तरिय सांस्कृतिक प्रतियोगिता शुरु

प्याब्सनको भद्रपुर नगरस्तरिय सांस्कृतिक प्रतियोगिता शुरु

भद्रपुर २९ मंसीर । नीजि तथा आवासिय बिद्यालय अर्गनाईजेशन प्याब्सन नेपाल भद्रपुर नगर कमिटिले नगरपालिका भित्रका संस्थागत विद्यालयहरु सहभागीतामा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।
शुक्रबार र शनिवार दुईदिनसम्म चन्द्रगढीमा संचालन हुने प्रतियोगिताको प्याब्सनका केन्द्रीय सल्लाकार गोविन्द लम्सालले उद्घाटन गरे । भद्रपुर नगरपालिका भित्रका २९ वटा निजि विद्यालय मध्ये २४ वटा विद्यालयको सहभागिता रहेको उक्त साँस्कृतिक प्रतियोगितामा सेनियर जुनियर गरि विभिन्न गायन तथा नृत्य प्रतियोगितामा जम्मा ५ सय५७ जना विद्यार्थीले भाग लिदै छन ।
प्रतियोगितामा प्रथम हुने विद्यार्थीले प्याब्सनले आयोजना गर्ने जिल्ला स्तरिय प्रतियोगितामा सहभागी हुन पाउने प्याब्सन नगर अध्यक्ष रत्नबहादुर गिरीले जानकारी दिए ।
शुक्रबार सम्पन्न प्रतियोगितामा जुनियर तथा सेनियर गायन तथा नृत्य प्रतियोगितातर्फबाट ११ वटा जुनियर गायनतर्फका विद्यालयता र १६ वटा सेनियर गायन तथा नृत्य तर्फबाट विद्यार्थीले भाग लिएका थिए ।
यसै गरी शनिबार १३ वटा राष्ट्रिय गायन र १५ वटा कल्चर गायन लगायतका नृत्य तथा गीत संचालन गरिने अध्यक्ष गिरीले बताए । शुक्रबार सम्पन्न प्रतियोगितामा विजय हुने बिद्यार्थीलाई ट्रफी ,मेडल र प्रमाणपत्र समेत प्रदान गरिएको थियो । गिरीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा प्रमुख अतिथि लम्साल, प्याब्सन झापाका बरिष्ठ उपाध्यक्ष छत्र कार्की लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रमको स्वागत उपाध्यक्ष अनुप राय र संचालन सन्देश राईले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2प्याब्सनको भद्रपुर नगरस्तरिय सांस्कृतिक प्रतियोगिता शुरु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img