Homeसमाचारनबोल्ने मञ्चमा:बिषादीदेखि आङ खस्ने समस्यासम्म मानवअधिकारमा समेट्न आग्रह

नबोल्ने मञ्चमा:बिषादीदेखि आङ खस्ने समस्यासम्म मानवअधिकारमा समेट्न आग्रह

बिर्तामोड मंसीर । ‘बिर्तामोडको फोहोर ढल अंधुवामा मिसाइन्छ त्यही बगेर गएको खोलाको पानीमा हामीले ‘तिनसिनान’ (राजवंशी समुदायका ब्यक्तिको मृत्युमा गरिने कर्म) गर्नुपर्छ, त्यो शुद्ध मानिदैंन । खोला फोहोर पार्नुपनि मानव अधिकारको हनन् हो तसर्थ मानवअधिकारकर्मीले यस्ता विषयमा खबरदारी गर्नुपर्छ’–राजवंशी विकास समाजका अध्यक्ष अभय राजवंशीले ७५ औं राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा मानव अधिकार सञ्जाल झापाले आयोजना गरेको कार्यक्रममा मानव अधिकार हनन्को समसामयिक विषयलाई यसरी उठान गरे ।
मानवअधिकार दिवसका अवसरमा मानव अधिकार सञ्जाल झापाको आयोजनामा भएको कार्यक्रममा यस्ता विषयवस्तु उठेका हुन । विषयवस्तुमाथि सञ्जालका अध्यक्ष डा. रुपक खनालले प्रकाश पार्दै आयोजकले सुन्ने नबोल्ने बताएका थिए ।
समुदाय, समाज, प्रकृति, वातावरणको चिन्ता व्यक्त गर्दै विषय उठान गरेका राजवंशीले आफ्नो जग्गा जमिन सरकारलाई दिएर शैक्षिक तथा सार्वजनिक रुपमा भौतिक संरचनाको अरुले सेवा लिइरहँदा तिनै समुदायको अवस्था भने नाजुक बनेको उल्लेख गरे । अब राज्यले ती समुदायको समस्याको उठान तथा लामो समयदेखि मुआब्जा नपाएका रेलवे पीडितका कुरालाई पनि मानवअधिकार कर्मीले संगसंगै समेटेर लैजानुपर्ने उनको माग छ । ‘राज्यलाई सम्पत्ती दिएका वास्तविक आदिवासीको अहिले बेहाल छ उनले थपे संवैधानिक व्यवस्था अनुसार स्वास्थ्य, शिक्षा, खान र बस्न पाउने अधिकारको सुनिश्चितताका लागि मानव अधिकारकर्मीले आवाज उठाउनुपर्छ ।’
मुस्लिमले चलाएका मदरसामा सुरक्षाकर्मीले फोन गरेर हैरान लगाउने गरेको गुनासो गरेका मुस्लिम नेता अप्रोच खानले राज्यले मुस्लिमलाई नागरिक हुन् भन्ने नै नठानेको आरोप लगाए । मुस्लिम समुदायमा अझैपनि बाल विवाह, दाइजो लगायतका समस्या रहेको बताए । चेतनाको अभावमा महिलाहरु अझै पनि गम्भिर प्रकृतिका रोग लुकाउनेदेखि मुस्लिम बच्चा बढी बेचिने गरेको समेत खुलासा गर्दै उनले भने, –‘आङ खस्ने, चेष्ट क्यान्सर जस्ता रोग लुकाएर बसेका छन् ।’ उनले थपे–‘हाम्रा बच्चाहरु बिक्री हुने क्रम बढिरहेको छ, त्यसमा पनि निगरानी राख्नुपर्छ ।’
तल्लो जातले दूध लगेर खाएपछि विरामी परेको भन्दै माथिल्लो जातका मान्छेले हालेको उजुरीका आधारमा एक दलित पक्राउ परेको दृष्टान्त प्रस्तुत गर्दै कानूनले बर्जित गरेको छुवाछुत व्यवहारमा लागू हुन नसकेको दलित नेता छविलाल विश्वकर्माले बताए । त्यसको मनिटरिङ गर्न मानव अधिकारकर्मीलाई उनले सुझाए । अन्तरजातिय विहेमा उमेर पुगेका केटाकेटी भएपनि नक्कली डकुमेन्ट बनाएर केटालाई बलात्कार मुद्दामा फसाउने गरेको बताउँदै भने–‘उमेर पुगेको छ, केटाकेटीसंगै बस्न सहमत छन्, तर, स्कूललाई उमेर घटाएर नक्कली प्रमाणपत्र बनाउन लगाउँछन् र फसाउनेसम्मका घटना झापामै छन् ।’ उनले थपे–‘यी गम्भिर विषयलाई मानवअधिकारका दृष्टिले हेरिनुपर्छ ।’
आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीले छिमेकीले छर्केको विषादीका कारण ७ वर्षीय बालकले ज्यानै गुमाउनु परेको घटनाको उजागर गर्दै कारवाहीको माग गरे । बिषादी छर्केको तोरीको फूल खाएपछि अर्जुनधारा नगरपालिका वडा नं.–८ पेट्रोलपम्प नजिकै बस्ने अब्दुल मोहम्मदका छोराको गत शुक्रबार उपचारकै क्रममा मृत्यु भएको जनाउँदै चौधरीले विषादी छर्कनेलाई कारवाहीको माग गरेका हुन् । छिमेकीले विषादी छर्किएको कुरा तत्काल अस्वीकार गरे । बालकको मृत्यु भएको भोलीपल्ट उनकी कान्छी आमा सैमुमाले पनि सोही तोरीको फूल खाइन । त्यसपछि उनीपनि सिकिस्त भएकी छन् । उपचारका लागि बिर्तामोडस्थित मनमोहन हस्पिटल हुँदै अहिले प्रादेशिक अस्पताल भद्रपुर उपचाररत रहेको बताइएको छ ।
तोरीको फूलमा विषादि भए नभएको जाँच गर्न उनले पनि सोही विषादि हालेको फूल खाएकी थिइन् । बिषादी छर्किंदा ज्यानै गुमाउनुपर्ने अवस्थालाई पनि मानव अधिकारको दृष्टिकोणबाट हेर्न सुझाउँदै चौधरीले विषादी छर्कनेलाई कारबाहीको माग गरे । झापाका निमित्त प्रमुख जिल्ला अधिकारी विश्वमणी पोखरेल, जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजाल, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख सुरज कार्की उपस्थित कार्यक्रममा बोल्ने वक्ताहरुले विषादी छर्केर अरुलाई असर पुर्याउनु पनि मानव अधिकार उल्लंघन हुने भन्दै उक्त घटनालाई मानव अधिकारका दृष्टिबाट पनि आवाज उठाउनुपर्नेमा जोड दिए । बालकको मृत्युमा शंका लागेपछि आफूहरुले शवलाई पोस्टमार्टम गर्न लगाएको बताउँदै इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी कार्कीले भने–‘पोस्टमार्टमको रिपोर्टबाटै मृत्युको कारण खुल्न सक्छ ।’
उद्योग वाणिज्य संघ बिर्तामोडका बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले विगतको तुलनामा प्रशासनबाट हुने मानव अधिकार हननका कुरामा सुधार आएपनि राजश्व कार्यालयले बजार अनुगमन गर्दा व्यापारी नै डराउने गरी हतियारसहित आउने गरेको भन्दै आपत्ती जनाए ।
शंका लागेको व्यापारीमाथि राजश्वले छापा मार्दा हतियार देखेपछि राम्रै काम गरेको भएपनि व्यापारी डराउने गरेको भन्दै सुधार गर्नुपर्नेमा जोड दिए । मानव अधिकार हनन भएकै कारण आफूहरु भूटानबाट लखेटिनु परेको प्रसंग उजागर गर्दै भूटानी शरणार्थीका तर्फबाट तीलक राईले गैरभूटानीसंग बिहे गरेका तर बैवाहिक जीवन असफल भएपछिको समस्याका बारे अवगत गराएका थिए ।
अरुका कुरा सुन्ने आफू नबोल्ने भनेर तय गरिएको कार्यक्रममा गनगाई समाजका सन्तोष गनगाई, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, विष्णु खरेल, कानूनबिद लीला उदासी लगायतले मानव अधिकार सबैको साझा विषय भएपनि वर्तमानमा अधिकार प्रत्याभूति हुने स्थिती नरहेको बताए । संवैधानिक व्यवस्था अनुसार तीन वर्षभित्रमा कानून कार्यान्वयन गरी सक्नुपर्ने व्यवस्था गरेको भएपनि सरकार र सरोकारवालाले तदारुकता नदेखाउँदा कानून निर्माणमै अलमल भइरहेको उल्लेख गर्दै तीनै तहमा कानून निर्माणमा भएको ढिलासुस्तीले मानिसको मौलिक अधिकार पनि प्रभावित भएको धारणा राखे ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनबोल्ने मञ्चमा:बिषादीदेखि आङ खस्ने समस्यासम्म मानवअधिकारमा समेट्न आग्रह
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img