भद्रपुर २७ मंसिर । सामुदायिक वन उपभोक्ता समुहको २४ औं परिषद भेला तथा साधाराणसभा भद्रपुर ९ मा रहेको मुना सामुदायिक भवनमा बुधबार सम्पन्न भएको छ ।
सभाको भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले विरुवामा पानी हालेर उद्घाटन गरेका थिए । संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष दुर्गाप्रसाद भट्टराईले भेटेनरी लगायतका विभिन्न कृषि कार्यक्रमहरुमा उपभोक्ता कृषकहरुलाई वन उपभोक्ता समुहले सहकार्य र सहयोग गर्दै जाने बताए ।
उनले संस्थाका गतिविधिका बारेमा प्रकाश पार्दै वन समुहले गरेका कार्यहरुको बारेमा समेत जानकारी गएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि पोखरेलले उद्घाटन गर्दै वन समितिले उपभोक्ताको हितमा गरिने कार्यहरुमा नगरपालिकाका पूर्ण सहयोग रहने बताउदै चन्द्रगढलाई पर्यटकीय क्षेत्रका रुपमा विस्तारका लागि नगरपालिकाले डिपिआर तयार गरी कार्य योजना बनाइने बताए ।
कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, निवर्तमान अध्यक्ष हिराप्रसाद पोखरेल, सब वन डिभिजन कार्यलय झापाका अधिकृत राजु खड्का, चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष चुडामणी मैनाली लगायतले मन्तव्य राखेका थिए। भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संंचालन सचिव पार्वती मल्ल र स्वागत उपाध्यक्ष गोकुल ढकालले बताए ।
सामुदायिक वन उपभोक्ता समुहको २४ औं परिषद भेला सम्पन्न

































































































