Homeसमाचारअनुदान वास्तविक किसानसम्म पुर्याउन सरकारलाई दवाव दिने

अनुदान वास्तविक किसानसम्म पुर्याउन सरकारलाई दवाव दिने

बिराटनगर २५ मंसीर । नेपाल किसान महासंघ कोशी प्रदेश समितिले कृषि ऐन निर्माण तथा कार्यान्वयन गरी कृषि अनुदानलाई बर्गिकृत कोटा निर्धारण गरेर वास्तविक किसानसम्म पु¥याउन सरकारलाई दवाव दिने निर्णय गरेको छ ।
नेपाल किसान महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न बैठकले कृषिजन्य सबै उत्पादनको समय सापेक्ष समर्थन मूल्य निर्धारण गरी कृषि उत्पादनको बजार सुनिश्चित गर्न सरकारलाई दवाव दिने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको महासंघका प्रदेश सहसचिव केदारमान पौडेलले जानकारी दिए ।
बैठकले नेपाल भारत खुल्ला सिमाबाट अवैध रुपमा हुने कृषि उपजको ओसार पसार बन्द गरी विदेशी कृषि उत्पादन आयात गर्दा परीक्षण गरेर मात्र आयात गर्न विश्वासिलो सरकारी संयन्त्र निर्माण गर्न माग गरेको छ । यसैगरी रासायनिक मल खाद् अभावको स्थायी समाधानका लागि पशुपालनमा अनुदान, अर्गानिक उत्पादनलाई प्रोत्साहन र प्रदेशमा रासायनिक मल कारखानाको स्थापना गर्न सरकारलाई दवाव दिने निर्णय बैठकले गरेको महासंघ कोशी प्रदेशले जनाएको छ ।
बैठकले कृषि ज्ञानकेन्द्रलाई किसान सहयोग केन्द्रको रुपमा रुपान्तरण बिस्तार तथा व्यवस्थापन गरी यथेष्ठ रुपमा सहज र सुलभ कृषि प्राविधिक सहयोगको सुनिश्चतता कायम गराउन पनि माग गरेको छ । भुमिहिन सुकुम्बासी अव्यवस्थित बसोवास गर्ने सबैलाई अबिलम्व जग्गाधनि प्रमाण पूर्जा बितरण गर्न समेत दवाव दिने बैठकले निर्णय गरेको छ ।
त्यसैगरी बैठकमा कृषिमा युवा कार्यक्रम सञ्चालन गरि उत्पादनमुखी र आत्मनिर्भर कृषि उत्पादनमा जोड दिन पनि बैठकले माग गरेको छ ।
नगदे बाली जस्तै चिया कफी, अलैची, सुपारी जडीबुटीहरू तथा अन्य कृषि उत्पादनहरु बिक्रीको लागि किसानहरूलाई स्वायतता प्रदान गर्न माग गर्दै बैठकले उत्पादक किसान र ठूला व्यापारी बीचको कारोबार गर्ने बिचौलियाहरुले लिने नाफा मार्जिनमा सरकारले नियन्त्रण गर्न माग गर्ने निर्णय गरेको अध्यक्ष भट्टराइले जानकारी दिए ।
राष्ट्रिय भू उपयोग नीति वैज्ञानिक तथा आधुनिक ढंगले नियन्त्रण गर्ने कार्ययोजना बनाउन समेत सरकारलाई अनुरोध गर्ने निर्णयहरू गरेको महासंघ मोरंग जिल्ला अध्यक्ष वसन्त हुमागाँईले बताएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव कोईरालाको प्रमुख आतिथ्यमा सम्पन्न कोशी प्रदेशस्तरीय पूर्ण बैठकमा बिशिष्ठ अतिथि नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सिना, नेपाल किसान महासंघका केन्द्रीय सदस्यहरु केशव भट्टराई र डम्बर कार्की, बरिष्ठ कृषि वैज्ञानिक हिमाल तिम्सिना, कृषि तथा भुमिसुधार प्रदेश बिभाग प्रमुख अञ्जना राई लगायतको उपस्थिति रहेको कोशी प्रदेश सदस्य गणेश गौतमले जानकारी दिए ।
बैठकलाई सम्बोधन गर्दै विभाग प्रमुख राईले नेपालमा कृषिको अवस्था र भावि रणनीतिका बिषयमा प्रकाश पारेकी थिईन । त्यसैगरी कृषि बैज्ञानिक हिमाल तिम्सिनाले किसानहरुलाई जस्तासुकै सहयोग गर्न तैयार रहेको बताएका थिए ।
नेपाल किसान महासंघ कोशी प्रदेश सचिव भविन खड्काले सञ्चालन गरेको बैठकमा उपाध्यक्ष भगिरथ शर्मा सुवेदीले स्वागत गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारअनुदान वास्तविक किसानसम्म पुर्याउन सरकारलाई दवाव दिने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img