Homeसमाचारझापाको सतिघट्टाबाट नेपाल–भारत सीमा स्तम्भ मर्मत संभार प्रारम्भ

झापाको सतिघट्टाबाट नेपाल–भारत सीमा स्तम्भ मर्मत संभार प्रारम्भ

काँकरभिट्टा १८ मंसीर । नेपाल–भारत सीमाना अन्तरगत झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मका सीमा स्तम्भ मर्मत संभार कार्य प्रारम्भ भएको छ ।
सशस्त्र प्रहरी बलको भद्रपुरस्थित २ नं. गणको प्राविधिक टोलीले मेचीनगर नगरपालिका वडा नं. ७ सतिघट्टामा अवस्थित स्थायी सीमा स्तम्भ (पीपी) ५५ अन्तर्गतको ९१/१ नम्बरको रेफरेन्स सीमा स्तम्भ (आरपी)बाट सीमा स्तम्भ मर्मत संभार तथा रङरोगन कार्य प्रारम्भ गरिएको हो ।


मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, सशस्त्र प्रहरी बल १ नम्बर बाहिनी मुख्यालयका बाहिनीपति अञ्जनीकुमार पोखरेल र नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख राजेशनाथ बाँस्तोलाले उक्त सीमा स्तम्भमा संयुक्त रुपमा रंगरोगन गरेर सीमा स्तम्भहरुको मर्मत सम्भार कार्यको प्रारम्भ गरेका हुन् ।
नेपाल–भारत सीमा स्तम्भको मर्मत संभार तथा रङरोगनको जिम्मेवारी पाएको शसस्त्र प्रहरीले नेपाल–भारत सीमानाकाको झापा क्षेत्रमा पर्ने ३१७ वटा सीमा स्तम्भको मर्मत सम्भार गर्ने जनाइएको छ ।
कोशी प्रदेशमा सीमा स्तम्भको मर्मत संभार पहिलो पटक प्रारम्भ भएको बाहिनीपति पोखरेलले जानकारी दिए । नेपाल–भारत दुईपक्षीय सहमति अनुसार सीमास्तम्भ मर्मत संभारका लागि नेपालले विजोर नम्बरको सीमास्तम्भको मर्मत गर्नेछ भने भारतले जोर नम्बरको सीमास्तम्भको मर्मत नेपाल र भारतको बोर्डर वर्किङ ग्रुप बीच सहमति भएको छ ।
भारतीय पक्षले झापा जिल्लासँग सीमाना जोडिएका जोर अंकका सीमा स्तम्भहरुको मर्मत सम्भार यसअघि नै गरिसकेको छ । सीमा स्तम्भ अब गर्न नसक्ने दावी गर्दै पोखरेलले भने–‘अब सीमास्तम्भ कतैपनि सर्न सक्दैन, सबै डिजिटल बोर्डरको लोकेशनमा गइसकेको छ ।’ बाहिनीपति पोखरेलका अनुसार कोशी प्रदेशभर भारतसँगको ४३० किलोमिटर लामो खुला सीमानामा कूल ९५७ वटा सीमा स्तम्भ रहेका छन् ।
१४४ किलोमिटर लामो खुला सीमाना रहेको झापा क्षेत्रमा पर्ने नेपाल–भारत सीमानामा अंक भएका ३१७ वटा सीमा स्तम्भको मर्मत सम्भार गर्ने सशस्त्र प्रहरी बलको २ नं. गण भद्रपुरका गणपति देबराज अर्यालले बताए । अर्यालका अनुसार मर्मत सम्भार क्रममा भत्किएका र ढलेका स्तम्भहरुको पुनस्र्थापना र सबै स्तम्भको रंगरोगन गरिने जानकारी दिए ।

सीमा स्तम्भ मर्मत संभार गर्ने नेपाल–भारत सीमा क्षेत्र (दशगजा) क्षेत्र खाली गर्ने क्रम जारी छ । नेपाल–भारत दुवैतर्फसंगको सहमतिमा एकवर्षको अवधीमा ३७ ठाउँमा दशगजा क्षेत्र खाली गरिएको छ । सरकारी तथ्यांक अनुसार ५५ स्थानमा स्थानीयले दशगजा अतिक्रमण गरी भौतिक संरचना निर्माण तथा खेतीपाती गर्ने तथा सार्वजनिक कुलो (पैनी) समेत रहेका छन् । तिनैमध्ये दुवै पक्षको सहमतिमा ३७ ठाउँ खाली गरिएको छ भने बाँकी १८ स्थान पनि खाली गर्ने प्रयास भइरहेको छ । दशगजा क्षेत्रमा दुवैतर्फ ३०/३० फुट खाली गर्ने सहमति अनुसार नै दशगजा ‘क्लियर’ गरिएको हो ।
सतिघट्टामा नेपाली पक्षले सीमा स्तम्भहरुको मर्मत सम्भार कार्य शुभारम्भ गरेको कार्यक्रममा भारत पश्चिम बंगालको पानीटंकीस्थित भारतीय सीमा सुरक्षा बलको ४१ नं. बटालियनका निमित्त कमान्डर नबिनकुमार रायको पनि उपस्थिति रहेको थियो ।
नेपाल सरकारले विशेष कार्यविधि पारित गरेर सशस्त्र प्रहरी बललाई सीमा स्तम्भहरुको सुरक्षा र मर्मत सम्भारको जिम्मेवारी दिएको छ । सतिघट्टादेखि दक्षिणतर्फका सबै सीमा स्तम्भहरुको मर्मत सम्भार गर्न सोमबारदेखि नै प्राविधिक टोली परिचालन गरिएको अर्यालले बताए ।
सीमा स्तम्भ मर्मत संभारबारे जानकारी दिने क्रममा बाहिनीपति पोखरेलले सीमा सुरक्षा जटिल रहेको बताउँदै पर्याप्त स्रोत साधन र प्रविधिको अभावमा मान्छे उभ्याएर मात्रै सीमानाको सुरक्षा कठिन भएको स्पष्ट पारे ।
सीमानाको सुरक्षाकर्मी स्थानीय नै भएको बताउँदै पोखरेलले बर्दी लगाएको सुरक्षाकर्मीलाई सहयोग गर्न सुझाए । अनुशासन, आचरण र आर्थिक कुरामा आफू र आफू मातहतका सुरक्षाकर्मी नचुक्ने प्रतिवद्धता समेत जनाए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझापाको सतिघट्टाबाट नेपाल–भारत सीमा स्तम्भ मर्मत संभार प्रारम्भ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img