HomeFeatured 2सम्पादक पुरीलाई पतालगंगा वर्षोत्कृष्ट पत्रकारिता पुरस्कार

सम्पादक पुरीलाई पतालगंगा वर्षोत्कृष्ट पत्रकारिता पुरस्कार

बिर्तामोड १५ मंसीर । शब्दपत्र प्रकाशन प्रालिका सम्पादक उद्धव पुरी सम्मनित भएका छन् । पत्रकार पुरीलाई बिर्तामोडस्थित पतालगंगा बचत तथा ऋण सहकारी संस्थाले १५ औं वार्षिक साधारण सभाको अवसरमा नगदसहित सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले सम्मानित पुरीलाई दोसल्ला ओढाउँदै सम्मान पत्र प्रदान गरेका थिए भने सहकारीका अध्यक्ष युवराज गिरीले नगद प्रदान गरेका थिए ।
पत्रकारिताको माध्यमबाट सहकारी क्षेत्रको विकासमा पुरीले उल्लेखनीय योगदान पु¥याएको भन्दै पतालगंगा वर्षोत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको अध्यक्ष गिरीले बताए ।
पत्रकार पुरीसहित सहकारीका जेष्ठ सदस्य करणध्वज लिम्बू, बीरवहादुर गुरुङ, उत्कृष्ट उद्यमी हेमप्रसाद उप्रेती, ममता राजवंशी, उत्कष्ट बचतकर्ता चन्द्रवहादुर कटुवाल, रामवाबु सहनीलाई समेत नगदसहित सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट कर्मचारीका रुपमा साकोसकी कर्मचारी कुमारी घोर्साई दासलाई नगदसहित सम्मान गरिएको थियो ।
आर्थिक वर्ष २०७९÷०८० असार मसान्तसम्म एक हजार एक सय ८२ जना शेयर सदस्य रहेको संस्थाको शेयर पूँजी ७७ लाख ९ सय रुपैयाँ रहेको अध्यक्ष गिरीद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सहकारीले आर्थिक वर्ष २०७९÷०८० मा कुल लगानी ४४ लाख ९९ हजार सात सय ६७ रुपैयाँ ३९ पैसा गरेको बताइएको छ ।
सहकारीका अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संघका अध्यक्ष ढकाल, कनकाई नगरपालिकाका प्रमुख प्रशसकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, जिल्ला बचत संघ झापाका वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओली, बिर्तामोड साना सहकारी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बास्तोला लगायतले शुभकामना मन्तव्य राखेका थिए । सहकारीका उपाध्यक्ष टंकप्रसाद भेट्वालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लीला अनमोलले गरेकी थिइन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2सम्पादक पुरीलाई पतालगंगा वर्षोत्कृष्ट पत्रकारिता पुरस्कार
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img