Homeसमाचारराष्ट्रपतिले पठाए शर्मा परिवारमा समवेदना

राष्ट्रपतिले पठाए शर्मा परिवारमा समवेदना

झापा १५ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातान्त्रिक आन्दोलनका योद्धा एवम् प्रजातन्त्र सेनानी पूर्णानन्द शर्मा दाहालका परिवारलाई समवेदना पठाउनुभएको छ ।
राष्ट्रपति पौडेलले पठाउनुभएको समवेदना सन्देश झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र उहाँकी कान्छी छोरी अवज्ञा पौडेलले बुधवार उहाँको झापास्थित निवासमा पुगेर हस्तान्तरण गर्नुभयो ।
राष्ट्रपति पौडेलले पठाउनुभएको समवेदना सन्देशमा भनिएको छ–‘लोकतन्त्रका लागि भएका आन्दोलनमा पटक–पटक सहभागी भएर जेलनेल र यातना भोग्नुभएका पूर्णानन्दजी एक निष्ठावान, सिद्धान्तनिष्ठ र असल नेता हुनुहुन्थ्यो । लोकतन्त्रप्रति समर्पित पूर्णानन्दजीको निधनले लोकतान्त्रिक आन्दोलनलाई अपुरणीय क्षति भएको मैले महशुस गरेको छु ।’
राष्ट्रपति पौडेलले पञ्चायतका कठिन समयमा २०२७ सालमा नेपाल विद्यार्थी संघको पूर्वाञ्चलमा संगठन विस्तारका क्रममा तत्कालीन अवस्थामा दमक हाइस्कूलका प्रधानाध्यापक रहनुभएको पूर्णानन्द शर्माले गर्नुभएको सहयोगको स्मरण पनि गर्नुभएको छ ।
झापाको कमल गाउँपालिका वडा नं– ६ मा स्थायी रूपमा बस्दै आउनुभएका शर्माको सोमबार साँझ उपचारको क्रममा पुर्णटुङ्ग विर्तासिटी अस्पतालमा निधन भएको थियो । प्रजातन्त्रका लागि भएको आन्दोलनको क्रममा विभिन्न समयमा पक्राउ पर्नुभएका उहाँ ५ वर्षभन्दा बढी जेलजीवन विताउनुभएको थियो । शर्माले पञ्चायत कालदेखि बहुदल प्राप्तिका लागि भएका आन्दोलनका क्रममा पटक–पटक एरिया बन्दीदेखि जेलनेलको यातना भोग्नुपरेको थियो । २०४२ सालमा नेपाली कांग्रेस झापाको सभापति बन्नुभएका उहाँ सि.के प्रसाई सभापति रहँदा पार्टी सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारराष्ट्रपतिले पठाए शर्मा परिवारमा समवेदना
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img